Breaking

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच अमेरिकामा भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति राष्ट्रपति रनिल विक्रमासिंघेबीच अमेरिकामा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रचण्ड र विक्रमासिंघेबीच न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।