Breaking

कांग्रेसमा गुट भेला कि फुट भेला ? देउवा दबाउन शेखरले खोजे विश्वको साथ, गगनले रोकेको आरोप


काठमाडौँ — गएको महाधिवेशनमा देउवासँग सभापतिमा हार व्योहोरेका शेखर कोइराला आफ्नै गुट बनाएर अघि बढेका छन् । केन्द्रीय समितिको बैठक अघि आफ्ना गुटसँग छलफल गरेका उनी प्रभावशाली नेतालाई आफ्नो पक्षमा पार्दै अधिकार जमाउन चाहन्छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेका डा.शेखर कोइराला ‘एक पटक यसैपटक’ भन्ने आफ्नो नारालाई तिलाञ्जली दिँदै १५ औं महाधिवेशनको झल्को दिने गरि आन्तरिक छलफलमा छन् ।

गुटको राजनीतिमा विश्वास नगर्ने भनेका शेखर समूहलाई अन्तत पार्टीमा आफ्नो उपस्थिति देखाउनकै लागि भए पनि गुटको आवश्यक परेको मंगलबार बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले छताछुल्ल पारेको छ । पार्टीको केन्द्रीय समिति बैठकको ठीक दुई दिन अघि शेखर समूह आन्तरिक छलफल भन्दै गुटको भेलामा रमाउन थालेका छन् । एक महामन्त्री र एक उपसभापतिको बलमा अर्का महामन्त्री थपेर पदाधिकारीमै आफ्नो अधिकार जमाउन खोजेका शेखरलाई महामन्त्री विश्वप्रकाश शर्माको अनुपस्थितिले भने केही धक्का दिएको छ ।

त्यसैले बैठकमा सहभागी नेताले अब उनीहरुसँग गगन र शेखरले राजनीतिक एजेण्डामा नै मेल मिलाएर सानो आकारको छलफल गर्न सल्लाह दिएका छन् । यता अहिले नै उनीहरुसँगको सहकार्य टुटेको निष्कर्ष निकाल्नु हतारो हुने केहीको तर्क छ ।

संसदीय दलको चुनावमा गगनसँगै देखिएका अर्का महामन्त्री शर्मा र युवा नेता प्रदीप पौडेललाई भित्र्याउन राजनीतिक धारणा मिलाएर जाने जिम्मा शेखर समूहले गगनलाई दिएको छ । आफ्नो समूहको विस्तारका लागि संसदीय दलमा समेत दोस्रो पुस्तालाई अगाडी सारेका डा.कोइराला केही समय गगनसँग समेत टाढा हुन बाध्य बनेका शेखर राष्ट्रिय राजनीतिमा जनता माझ तुलनात्मक रुपमा राम्रो छवि बनाएकालाई हर कोशिसमा छन् ।

पार्टीमा एकलौटी राज गरिरहेका सभापति देउवासँग शक्ति संघर्षभन्दा पनि राष्ट्रिय राजनीति र पार्टीमा छाएको निराशाको निराकरणका गर्न देउवाकै अग्रसर बनाउन पर्ने उद्देश्य शेखरको छ । एकातर्फ पदाधिकारीलाई आफ्नो पक्षमा पार्ने कोशिसमा रहँदै गर्दा राष्ट्रिय राजनीतिले सहमति खोजे झै पार्टीमा शेखरको लाईन पनि त्यस्तै देखिएको छ ।

बैठकमा पार्टीको समूहका धेरै नेता देउवाकै निगाहमा पद खाएको र गुटको वकालत गरेको आरोप समेत नेताहरुले राखेका छन् । त्यसैले देउवासँग खेरो संघर्ष गर्ने तर्क पनि बैठकमा उठेको छ । कांग्रेसमा दोस्रो तहका नेताहरु भूमिका विहीन भएको अवस्थामा कहिले देउवा फकाउने त कहिले देउवा तर्साउने दुवै रणनीति लाग्दा त्यसको फाईदा शेखर दुवै हातले सोरेर लिन खोज्दै छन् । धेरैले शेखर समूहबाट महामन्त्री उठेका मिनेन्द्र रिजालले देउवा रिझाएरै केन्द्रीय सदस्य बनेको र उनले शेखर समूह छोडेको चर्चा चलिरहँदा बैठकमा मात्रै गएनन् कि यही समूहमा रहेको सन्देशसमेत दिए ।

राष्ट्रिय राजनीतिमा उदाउन सार्वजनिक मञ्जबाटै देउवा ओली मिलाउने रणनीति सहित कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि शेखरले आवाज उठाउँदै आएका छन् । देउवाको ढल्कदो उमेर र विधानले पनि तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न नपाउने भएकोदे शेखरको दौडधुप अहिलेदेखि नै सुरु भएको हो । लामो समयपछि शेखरले बोलाएको गुटको भेलाले अब पार्टीमा आफ्नो क्षेत्राधिकार सशक्त बनाउँदै राष्ट्रिय राजनीतिको पनि नेतृत्व गर्ने मनस्थितिमा शेखर छन् ।