Breaking

प्रचण्डको जवाफमा गगनको आपत्ति, उपचार नपाएर जनता कहिलेसम्म मर्ने ?


काठमाडौँ — काठमाडांैको कान्ती बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीले उपचारनपाएर ज्यान गुमाएको २ हप्ता वित्यो । गत भदौ १८ गते भएको घटनामा दोषीमाथि अझै डण्डा नचलाएको भन्दै चौतर्फी आलोचना भईरहेको छ । सरकारले बनाएको छानबिन समितिले अस्पतालको कमजोरी भएको प्रतिवेदन तयार पार्दा कारबाही प्रक्रिया अघि नबढेकोमा सत्तापक्षबाटै सरकारको कामकारबाहीमागि औँला उठाउने काम भएको छ । काठमाडौंको कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधन भएको २ हप्ता यो ।

यो प्रकरणको दोषीलाई कडा कारबाहीको माग गर्दै सडकदेखि सदनसम्म बिरोध भईरहेको छ । गत भदौ १८ गते इमर्जेन्सीमा उपचार नपाएर अस्पताल प्रांगणमै पाँच वर्षीया बालिका गोपालीको निधन भएको थियो । दोषिमाथि आवश्यक कारबाही नभएको भन्दै सत्तापक्षबाट नै सरकारको चर्को आलोचना भईरहेको छ । घटनाबारे प्रधानमन्त्री प्रचण्ड स्वयं पनि जानकार छन् । अस्पतालको लापरबाहीले रेजिशाको मृत्यु भएको उनी स्वीकार गर्छन् ।

तर उनी दोषीलाई हदैसम्मको कारबाही हुने भनेर बसिरहेका छन्, अहिलेसम्म अस्पतालप्रति एक्सनमा उत्रिएका छैनन् । छानबिन समितिले अस्पतालको कमजोरी भएको प्रतिवेदन दिएको बताउने उनले अस्पतालजस्तो शंवेदनशील ठाउँमा कसले गडबडी गरिरहेको छ भन्ने पहिल्याएर कारबाही प्रक्रिया अघि बढाउन खास सर्कुलर जारी गर्न सकिरहेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डको यो जवाफप्रति सत्ता पक्षबाटै विरोध भईरहेको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्रीले बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको उनको तर्क छ । दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसदमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै महामन्त्री थापाले आक्रोश पोखेका छन

घटना भएको केही दिनमा दोषिउपर कारबाही हुने सरकारले आश्वासन दिए पनि अझै कारबाही हुन सकेको छैन् । इजिप्टको कायरोमा भएको कार्यक्रममा भाग लिएर स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत भदौ २४ गते त्रिभुवन विमानस्थलमा उपचारै नपाएर मुत्यु भएकी पाँच वर्षीय रेजिशा गोपालीको मृत्युु भएको घटनाको छानबिन गरी दोषीलाई उचित कारबाही गर्ने आश्वसन दिएका थिए ।

उनले यस घटनाको छानबिन गर्न छानबिन समिति गठन भएको र गल्ती गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पारे पनि पीडितले न्याय पाउने वातावरण अझै बन्न सकेको छैन । अस्पतालजस्तो संवेदनशील ठाउँमा हुने यस्ता हेलचेक्र्याईंले धेरैले अकालमै ज्यान गुमाईरहनुपरेको छ । देशकै राजधानीमा समयमै उपचार नपाएर मृत्युको सामना गरिरहनुपर्दा दुरदराजमा अवस्थम कस्तो होला ?