Breaking

प्रधानमन्त्री आजै साँझ अमेरिका प्रस्थान गर्नु हुँने, नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषय मुख्य एजेन्डा


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सहयोगको अपिल गरिने बताउनु भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा माओवादी नेता पोष्ट बहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नाका निम्ति संयुक्त राष्ट्रसंघमा अपिल गर्ने बताउनु भएको हो । शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी टीआरसी रहेको छ । राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री आजै साँझ अमेरिका प्रस्थान गर्नु हुँने कार्यक्रम रहेको छ ।