Breaking

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री थापाको असन्तुष्टि


काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले सदनमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

थापाले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढंगले अभिव्यक्ति नदिएकोमा आपत्ति जनाए । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए ।