Breaking

गैह्रीगाउँ हत्या प्रकरण : शङ्कास्पद एक जना पक्राउ


काठमाडौँ – तीनकुनेको गैह्रीगाउँस्थित दिव्य सस्मिलमा हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको हो ।

सस्मिलमा एकै परिवारका तीन जनासहित ४ जनाको शुक्रबार राति हत्या भएको थियो ।

हत्या हुनेहरूमा हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।