Breaking

वाग्मती प्रदेशसभाको बैठक शनिबार बस्ने


काठमाडौँ – वाग्मती प्रदेशसभाको आजलाई तय गरिएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रदेशसभामा पेस गरिएका विधेयकलाई संसदीय समितिमा पठाउने बैठकको कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभाको बैठक यसअघि यही भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।