Breaking

गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्छ, प्रचण्ड र देउवाको हप्काई सहेर नबसे हुन्छ


काठमाडौँ — समाजमा बढ्दो सामाजिक अराजकताले सामाजिक मुल्य मान्यता क्षयिकरण भईरहेको छ । सुशासन मुख्य सर्त बनाएर सर्वत्र चम्किएको प्रचण्ड सरकार पछिल्लो समय बढ्दो सामाजिक अराजकताका घटनाले आलोचित बन्न थालेको छ । सरकारको गैर जिम्मेवारीपन र नेतृत्वको निरिहताका कारण कानुन परिपालनमा चुकेको टिप्पणी हुन थालेको छ । समाजमा सामाजिक सद्धाव नै विथोलिने गतिविधिले प्रसय पाउँदै गएको छ ।

कुनै एक धर्मको पक्ष र विपक्षमा समाज र सडक विभाजित भईरहेको छ । गोरु काटेर खाएको विषय विरुद्ध हिन्दुवादीहरुको आन्दोलन पछिल्लो उदाहरण हो । आम सर्वसाधरणदेखि नेता जनप्रतिनिधि समेत खुलेआम खुकुरीको धारमा परिरहेका छन् । संघिय राजधानी काठमाडौंको केन्द्र भागमा दिन दहाडै कांग्रेस नेता महेन्द्र यादवमाथी भएको खुकुरी प्रहार, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र उपमेयरका भाई विष्णु राईद्धारा धरान १५ सूर्यवस्तीका सन्देश राईमाथी धारिलो हतियार नै प्रयोग गरी गरिएको हमला, देशको सुरक्षा गर्ने सुरक्षाकर्मी विरुद्ध सांसदहरुको ज्यान मार्ने धम्कि दिन पछि पर्दैन्न् ।

यी त केहि प्रतिनिधि घटना र पात्र मात्र हुन् । पछिल्लो समय सामाजिक मुल्यमान्यता क्षयिकरण उन्मुख छ । अझ समाजका जिम्मेवार व्यक्तिहरु परिणामको ख्यालै नगरी गैर–जिम्मेवार टिकाटिप्पणी गर्दै आगोमा घिउ थप्ने काम गरिरहेका छन् । समाज झन झन असुरक्षित हुँदै जाने डर बढेको छ । सामाजिक सुरक्षा सरकारका लागि पेचिलो बन्दै गएको छ । पूर्व गृहमन्त्रीहरुको नजरमा सरकारले कानुनको परिपालन गर्न र गराउन नसकेको विश्लेषण पूर्व गृहमन्त्रीहरुको छ । प्रधानमन्त्री आफै जनता उक्साईरहेको र त्यसमा गृह–प्रशासन निरिह बनेको तर्क गर्छन एमाले नेता एवंम पूर्व गृहमन्त्री खगराज अधिकारी ।

समाजमा बढ्दो अराजकता गृहमन्त्री नारायणकाजीको निरिहता र लाचारीपनको उपज भएको तर्क पूर्व गृहमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाको छ । सुशासनलाई सर्तको रुपमा अघि सारेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सामाजिक सुरक्षालाई लिएर चौतर्फी घेराबन्दीमा पर्न थालेको छ । सरकार र गृहप्रशासनमाथी प्रश्न तेर्सिएको छ । समाजमा अराजकता बढेको स्वीकार्ने सरकार यस्ता परिस्थिति नियन्त्रण गर्ने दावी गरिरहेकै छ । बढ्दो सामाजिक असुरक्षा र अराजकता कुन हदसम्म जान्छ अनुमान मुस्किल छ । यी सबै अराजकताको निशानामा सुरक्षा निकाय तिव्र आलोचित भईरहेका छन ।

यी सबैको निशानमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ परिरहेका छन । सत्तारोहण लगत्तै सुशासन निर्विकल्प सर्तको रुपमा अघि सार्दै ठुला भ्रष्टचार प्रकरणको भण्डाफोरले सर्वत्र प्रशंसा बटुलेका उनी अहिले नागरिकको नजरमा समेत खस्किन थालेका छन् ।