Breaking

देउवाको निष्कर्षः ओलीभन्दा प्रचण्ड ठिक, निम्तदै छन् यस्ता संकट, कोशीमा मध्यावधिदेखि कांग्रेसमा विद्रोहसम्म


काठमाडौँ — एजेण्डा मिलेकै कारण गठबन्धन बनेको र पाँचैबर्ष टिक्ने दावीका विच सत्तारुढ दलहरुमा बढ्दो टकरावले नयाँ समिकरणको चर्चा सुरु भएको छ । जहाँ कोशी प्रदेशमा मध्यावधी रोक्नलाई माओवादी वा कांग्रेसमध्ये एकले सघाउनुपर्ने अवस्था केन्द्रसम्मै समिकरणको आधार त बन्दैन भन्ने आशंका समेत छ । जसको प्रतिरोध गर्दै सत्ताघटक दलहरुले यहि गठबन्धन पाँच बर्ष टिक्ने सार्वजनिक अभिव्यक्ति दोहोर्याईरहदाँ यहि गठबन्धन कायम रहे चाँहि के हुन्छ भन्नेमा समेत चासो बढेको हो ।

आफ्ना नेतामात्र जेल गएको तर सुन तस्करीमा जोडिँदा पनि माओवादी नेता वच्नुले सरकारमाथि प्रश्न उठेको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्दो छ । सत्तारुढ गठबन्धनको सवैभन्दा ठुलोदल कांग्रेसमा अव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वोक्न नसकिने मत वलियो बन्दा कोईराला पक्षका नेताहरु त एमाले कांग्रेस मिल्नुको विकल्प नभएको बताउन थालिसकेका छन । हुन पनि हिजो वालकृष्ण खाँण पक्राउ पर्दा शुसासनको सुरुवात भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएका डा.शेखर कोईराला पक्ष आफू पक्षकै नेता शुनिल शर्मा माथि गृहमन्त्रीले प्रतिसोध साधेको भन्दै रुष्ट छ ।

स्वयम सभापति शेरबहादुर देउवा नै नक्कली भुटानी शरणार्थी प्रकरणमा दोश्रो चरणको अनुसन्धान सुरु गरेर माओवादीले धम्काएको बुझाईमा छन । यहिविचमा आफ्ना सहमहामन्त्रीमाथि नै खुकुरी प्रहार भएको विषयले कांग्रेसमा अर्को आक्रोश थपिदिएको छ भने कोशी प्रदेशमा मध्यावधी जोगाउनै पनि ठुला दल एक ठाँउमा उभिनु एकमात्र विकल्प बन्दै गएको छ । जसले एमालेमा समेत नयाँ समिकरणको सपनला पुरा हुने विश्वास पलाँउदा सभापति शेरबहादुर देउवाको डरकै कारण वातावरण परिपक्व बन्न नसकेको भाष्य निर्माण हुन थालेको छ ।

त्यस्तै समाजवादी मोर्चाकै मुख्य नेता माधवकुमार नेपाल, उपेन्द्र यादव र वावुराम भट्टराई नै शशंकित छन । अहिले बचेपनि कुनै वेला शिकार हुन सक्ने उनीहरुको डरका विच एकीकृत समाजवादीका घनश्याम भुसाल अव आफ्नो दल फरक हिसावले हिडनुपर्ने बताउन थालिसकेका छन । जहाँ कांग्रेसमा त कोशी र केन्द्रमै भुगोल कै राजनीति समेत भईरहेको छ । अर्थात कोशी प्रदेशकै केपी ओली सोहि प्रदेशका शेखर कोईराला र राजेन्द्र लिङदेनसम्मका एजेण्डाहरु नै मिल्ने गरेका छन ।

तर यो अघि कम्युनिष्टहरुको भिढन्तले निम्तिएको राजनीतिक अस्थिरताकै कारण व्यवस्था जोगाउन माओवादी वोक्नुपरेको बताँउने कांग्रेस नेता आनन्त ढुंगाना अहिले गठबन्धन टुट्ने विश्लेषणमा दम नभएको बताँउछन । आफूहरुलाई कुनै कुराको डर नभएपनि बढ्दो अराजकता अन्त्य गर्नकै तथा परिवर्तनकारी शक्ती कमजोर भएको मौका उठाउन लागि परेका परिर्वतनविरोधी शक्तीलाई टाउको उठाउन नदिन दुख सहेर भएपनि यहि गठबन्धन कायम राख्नुपर्ने बाध्यता रहेको उनको तर्क छ ।

तर परिस्थिती भने त्यति सहज छैन । गठबन्धनका लागि देउवाको यहि मौनता कायम रहे कांग्रेसभित्रको आन्तरिक किचलो अझ बढ्ने पक्का छ । जसले माओवादी सरकार पिडित भएका कांग्रेस नेताहरु आफ्नै नेतृत्वमाथि प्रहारमा उत्रने अवस्था देखिदात्यसमा देउवा पक्षकै नेताहरुमा पनि छन । त्यस्तै अहिले नै कमजोर बनेको सरकारमाथि बढ्दो अराजकता नियन्त्रण गर्नुपर्ने दवाव एकातर्फ बढ्ने छ भने अर्कातर्फ हात बाधिएको सरकारलाई काम गर्न त्यति सहज छैन ।

जसले नयाँ सरकार आए आशा पलाउने भएपनि निराशामा व्याप्त यहि सरकारमाथि आशा गर्ने ठाउ भने कमजोर बन्दै जाने छन । त्यो भन्दा महत्वपूर्ण त पहिचानको मुद्धा र नयाँ दलको उभारले पिल्सिरहेका पुराना दललाई मध्यावधीको भार थपिने छ । जसले प्रदेशमाथिको प्रश्न अझ वलियो बन्नेमात्र नभई आर्थिक भार थपिएको आक्षेप समेत यीनै दलले खेप्नु पर्ने प्रष्ट देखिदाँ कसै गरे उनीहरु कोशीलाई मध्यावधीबाट जोगाउन एक हुनुको विकल्प हुने छैन । तर राजनीतिक विश्लेषक डा.खगेन्द्र प्रसाई भने केन्द्र र प्रदेशमा फरक फरक गठबन्धन हुने विषय त्यति सहज नभएको बताँउछन ।

हुन त कहिलेसम्म माओवादी वोक्ने भन्ने प्रश्न समेत कांग्रेसमा छन । नेतृत्वमा पालो पर्खिने विषयमा ईमान्दारिता देखाँउदा यो गठबन्धन अव डेढ बर्ष केहि नहुनेभएपनि त्यसपछि प्रचण्डले पाँचैबर्ष नेतृत्वको रणनिति अघि सारे के हुन्छ भन्ने प्रश्न समेत छ । त्यस्तै तेश्रो शक्ती नेतृत्वमा पुग्ने तर पहिलो र दोश्रो शक्ती पछाडी पर्ने दृश्यले उत्पन्न राजनीतिक अस्थिरता कम गर्नपनि दुई दलिय बाटोमा देश जानुपर्ने मत समेत वलियो छ । जसले कहिकतै कांग्रेस–एमाले एक ठाँउमा उभिने अवस्थाकै वातावरण निर्माण हुने विश्लेषणका विच देखिन थालेको संकट दलहरुले कसरी आकंलन गर्छन त्यो हेर्न भने बाँकि छ ।