Breaking

ओली–प्रचण्डले नै राजा ल्याउँछन्, यो व्यवस्थाबाट जनता आजित भए, राजाबादी हौसिए


काठमाडौँ — संघीय लोकतन्त्रान्त्रिक गठतनन्त्रले जोगाएको आशा दशक बित्न नपाउँदै निराशामा परिणत हुन थालेको छ । यही व्यवस्थालाई स्वीकारेर निर्वाचनमार्फत नै सदन छिरेका व्यवस्थाविरोधीहरु एक ढिक्का मात्रै हुने प्रयास गरेका छैनन् कि पटक पटक देशी विदेशीको सहारामा चुनौति दिन थालेका छन् । केही ठूला प्रकरणको फाइल खोल्दै जनतामा सुशासनको अनुभुति दिलाउने वाचा गरेको सरकार अहिले आफ्नैबाटदबाव झेल्न नसकी विस्तारैसुशासनको अभियानबाट पछि हट्दै गएको छ ।

एक पछि अर्को गर्दै आफ्नै सुशासनको अभियानमा निरिह बनेको सरकारको यही कमजोरीलाई उछाल्दै राजावादी सडकमै आउन थालेका छन् । नेतृत्वप्रतिको वितृष्णा बढिरहेका बेला बलियो प्रतिपक्षीका रुपमा राप्रपाले सरकारकामुद्धालाई उलाचेर जनतामाँझ आफ्नो आवाज सशक्त बनाउने प्रयास गरेको छ । राजावादीका आवाज सुन्न नचाहने गठतन्त्रवादीलाई राप्रपाको सडक संर्घषले फेरि एकपटक झस्काएको छ ।

पूर्वमा गौ हत्याको मुद्धालाई राजनीतिकरण गर्नेदेखी देश दौडाहामै जोगी सन्तलाई उचालेर हिन्दु धर्मको माहोल बनाउन भित्रभित्रै राप्रपाको घुसपैठ भएको धरानदेखी कैलालीसम्म प्रष्ट देखिन्थ्यो । राप्रपाका धार्मिक केन्द्रीय स्तरका नेता नै सडक आन्दोलनको नेतृत्वमा देखिन्थे । अर्कोतर्फ सत्ताको चाख्नी चाखेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन ठूला नेतालाई चोर भनि चर्चामा मात्र आएनन की पछिल्लो समय सत्ता र सदन सहमतिको आदार शिलामा चलेको नजिर नियाल्दै कांग्रेस एमालेकै स्विकारोक्तिमा राजसंस्था फर्काउनुपर्ने अहिलेकै ठूलोआवश्यकता रहेको उनको बुझाई छ ।

त्यसोत नेपालमा हिन्दु धर्मका लागि विदेशी लगानी भएको पटकपटक खुलाशा हुँदै आएको तथ्य छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि उनले माङकालेश्वरमा गरेको पुजालाई लिएर भारतको इसारामा चलेकोसम्मको संज्ञा पाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन लक्षित एक मुद्धा मध्ये नेपालमा हिन्दु राज्यको स्थापना भाजपाको उदेश्य रहेको प्रष्ट देखीन्छ । जहाँ भाजपाका नेतादेखी मोदी निकट सन्यासीसम्म हिन्दु राज्यको वकालत गरिरहेका छन् भने अर्कोतर्फ विदेशी लगानी पनि बढेको आरोप लागिरहेका बेला राप्रपा नेपालका अध्यक्ष कमल थापा भने यसको खण्डन गर्छन ।

राजावादी एकजुट हुनु, धार्मीक मुद्धा पेचिलो बन्नु, राज्य बेथितिमा चल्नु, विदेशी कुटनीतिक नियोगलाई पूर्वराजा ज्ञानेन्द्र शाहले गुहार्नु, पटक–पटकको विदेश भ्रमणबाट शक्ति आर्जन गर्न खोज्नु, बेलाबेला नागरिक अभिन्दनमा हौसिनु जस्ता गतिविधिले मात्र होइन कि आम मानिसमा चाहेको निराशापनले पनि राजावादीलाई हौसला मिलेपनि धर्मका विषयमा कांग्रेस एमाले जस्ता केही नेताको व्यक्तिगत इच्छा भएपनि व्यवस्था उल्टाउछु भन्नु राजावादीको दिवासपना मात्र भएको गठतन्त्रवादी नेता बताउँछन् ।

नेतृत्वप्रतिको वितृष्णाले होसिएको राप्रपाले हिन्दू राष्ट्र, राजसंस्था पुनस्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्याको विरोध गर्दै सडकमै उर्लिन थालेको छ । यि र यस्ता विषयमा सरकार गम्भिर नभए देशभर सडक संघर्ष गर्ने राप्रपाको तयारी छ । यता विकल्प भनेर राजनीतिमा उदाएका पार्टीहरु पनि ठूला दलसामू निरिह देखीन्छन् । एकपछि अर्को प्रकरणमा सबले उन्मुक्ति पाउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनमत पार्टीले प्रतिपक्षको भूमिकामा जोडतोड आवाज उठाउनुपर्ने हो, तर यहाँ जुन जोगि आएपनि कानै चिरेको भन्ने भाष्य नयाँ उदयीमान दलहरुले दिइरहेका छन् । जसले राजावादीलाई थप बल मिलेको छ ।