Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अटो

आइसरको ग्राहक भेलामा गाडीको फिचरबारे ब्रिफिङ


काठमाडौँ — आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ । जहाँ सहभागीहरूले आइसर मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापूर्वक जानकारी लिएका थिए । भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएको कम्पनीको भनाइ छ । नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौँ ।

सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर बाट तुलात्मक रूपमा ५–८ प्रतिशत अतिरिक्त माइलेज पाउन सकिन्छ । साथसाथै २७ प्रतिशत उकालोमा सजिलै आइसर मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्छ’, बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुर कुमार गाहले बताए ।