अटो

यामाहाद्वारा एफजेड-एसभीथ्रीको नयाँ अवतार सार्वजनिक


काठमाडौँ — नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड-एस भी थ्रीको नयाँ डिलक्स सँस्करण सार्वजनिक गरेको छ । यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तत्व थपेको छ ।​ एफजेड-एस एफआई भी ३.० उत्कृष्ट ह्यान्डलिङ र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ । फ्युल इन्जेक्सन १४९ सीसीसहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड-एस एफआई भर्सन ३.० मा एयर-कूल्ड फोर-स्ट्रोक १४९ सीसी सक, दुई-भल्भ, एकल-सिलिन्डर इन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ ।

जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाइलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ। यसबाहेक यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ ।​ एमएडब्लू इन्टरप्राइजेज, टू व्हिलर डिभिजनका सीईओ राजु क्षेत्रीले एफजेड-एस भीथ्री धेरै मोटरसाइकल प्रेमीहरूको मनमा बस्न सफल मोडेल भएको बताए ।​ हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरू सहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं ।

नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरूलाई साँच्चै झल्काउने छ, उनले भने, यामाहा एफजेड एसले सधैं आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ । हामी नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी छौं । हाम्रा राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्दै छन् ।

यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ ।​ यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित छ । बजारबाट प्राप्त सुझावहरूको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड श्रृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरू अद्यावधिक गर्दै आएको छ ।