Breaking

संघीय संसदका दुबै सदनको बैठक


काठमाडौँ — आज संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । दिउँसो तीन बजे प्रतिनिधिसभा र दिउँसो २ बजेर ३१ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।

बुधबारको लागि तय भएको बैठक पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण स्थगित भएको थियो । नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्ने प्रयोजनका लागि आज दिउँसो तीन बजे बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको छ । बैठकमा नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।