Breaking

डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते


काठमाडौँ – डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटोरिक्सा गएराति दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार थिए ।

त्यसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन ।