Breaking

नेताको वियोगमै पनि गालीको बर्षा ? किन बढ्दै छ सर्वसाधारणमा निराशा ? प्रश्न व्यक्तिमा कि व्यवस्थामा ?


काठमाडौँ — आफूलाई वर्तमान व्यवस्थाको हिमायती ठान्ने नेताहरु नै पछिल्लो समय आम सर्वसाधरणको निशानाको केन्द्र बन्न थालेका छन । उनीहरुका पारिवारिक वियोग र आफ्नै देवहासनमा समेत गालीको बर्षा हुने गरको छ भने यो व्यवस्थाका प्रमुख आधार भनिएका विषयमै सवैभन्दा वढि प्रश्न उठ्न थालेको छ । आखिर विकल्प नभएको भनिएको यो व्यवस्थामा यहि व्यवस्था ल्याउनेहरुमाथिको यो प्रहार आम जनआक्रोश किन ? वेदाग र निस्कलंक छवी बनाएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको मृत्युमा सुक्सुकाउने धेरै छन् ।

हुन पनि सास्वत सत्य मृत्युको समयमा प्रश्न उठाउने मानवीय स्वभाव पनि हैन भने नेम्वाङ जस्ता व्यक्ति ज्यूदो छदाँ समेत प्रशंशाकै पात्र वढि थिए । तर उनैको मृत्युका समयमा समेत संविधानमा धर्मनिरपेक्षता घुसाएको आरोप लगाँउदै आलोचना गर्नेहरुको ठुलै संख्या छ । विशेषत ः सामाजिक सन्जालमा यस्ता दृश्य देखिदाँ पछिल्ला घटनामा यो प्रवृत्ती जस्तै बन्दै गएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोगेको पुत्र र पत्नी वियोगका समयमा होस या राष्ट्रपति नै विरामी भएको समयमा होस यस्तै प्रश्न गर्नेहरुको ठुलो संख्या नै देखिदाँ यीनै नेताहरुमाथि हुने सार्वजनिक आक्रमणमा समेत सर्वसाधरणले दुख मनाउन छाडेका छन । अर्थात आफैले ल्याएको र विश्वकै उत्कृष्ट भनिएको व्यवस्थामा त्यसैका हिमायतीमाथि पर्ने बज्र किन कसैको खुसीको आधार बन्दै छ ?भन्ने प्रश्न यसले उब्जाउदाँ कतिपयले भने यसलाई नेताहरुको वास्तविकता खुईलिदै गएको संज्ञा दिएका छन । यो उनीहरुले देखाएको सपनाले जनताको सन्तान विदेश र नेताहरु मोजमा पुगेको अवस्थाको आक्रोश भएको तर्क गर्नेहरु नयाँले भने जे गरेपनि साथ दिने दृश्यले समेत यो पुष्टि भएको दावी गर्छन ।

अहिलेको अवस्थामा यो व्यवस्थाको आधार भनिएकै संघियताले देखाएको दृश्य र धर्मनिरपेक्षतामाथि उठेको प्रश्नले उनीहरुको सपनाको हातल एक दशक नपुग्दै प्रष्ट भएको बताउने आलोचकहरु संविधानमै भएको छेडखानी समेत उनीहरु आफैले बनाएको संविधानप्रति कति संवेदनशील छन भन्ने प्रष्ट भएको उनीहरुको बताउँछन । सफलता मानिएको विषयले नै सहि बाटो नसमाउदाँ त्यसैको आधारमा उजाएलिएकाहरु प्रश्नको घेरामा पर्नु स्वभाविक भएको राप्रपा नेपालका अध्यक्ष कमल थापा बताउँछन ।

हुन पनि यहि संविधानको उपज मानिएको निर्वाचन प्रणाालीमाथि नै प्रश्न उठ्दा त्यहि प्रणालीका कारण राजनीतिक स्थिरिता नआएको नेताहरु नै स्वीकार्छन । फलत ः लोकतन्त्रको सुन्दरपक्ष मानिएको निर्वाचनले नै भ्रष्टचारको प्रस्थानविन्दु बनेको उनीहरुको बुझाईका विच यो संविधान नै नमान्ने बताउनेहरु समेत वलियो बन्न थालेका छन ।

त्यस्तै संघियता र व्यवस्थामाथि प्रश्न उठाउनेहरु नै संसदमा विकल्पका रुपमा हेरिदाँ यो व्यवस्थको विकल्प नभएको आँडमा पुराना शक्ती र दल धेरै नटिक्ने विश्लेषण नै सुरु भएको छ । जहाँ नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने नै बताएका छन ।

हुन त परिर्वतन विरोधी शक्तीहरुले टाउको उठाउन थालेको भन्दै गणतन्त्रबादी एक ठाँउमा उभिन आवश्यक रहेको भन्दै यसैलाई अवसर बनाउन खोज्नेशक्तीहरु समेत छन । त्यस्तै अहिले देखिएको आक्रोश समेत लोकतान्त्रिक व्यवस्थाकै सुन्दर पक्ष वाक स्वतन्त्रताको उपज भएको उनीहरुको तर्क छ । चाहे जस्तो काम गर्न नसकेपनि विगतमा भन्दा खत्तमै भएको भन्नुमा तर्क नरहेको दावी गर्ने उनीहरु यो कुनै आम धारणा भएको स्वीकार्दैनन् । यता राजनीतिक विश्लेषक डा.खगेन्द्र प्रसाई भने यसलाई संकट उन्मुख अवस्थाका रुपमा व्याख्या गर्छन । देश अहिले हिडेको बाटो हाम्रा नेताले छानेको नभई लादिएको बाटो भएको बताँउने उनी संकटको भुकम्प आएपछि मात्र दलहरुको बाटो प्रष्ट हुने तर्क गर्छन ।

देश विस्तारै लासले सन्तान रुङ्गने अवस्थामा पुग्दा विद्रोह कै लागि चाहिने दिमाग र तागतको अभाव भईरहेको छ भने त्यसैमा नेताहरु भविष्य देखिरहेका छन । यद्यपीयहि प्रवृत्तीकै कारण अवसर र प्रविधिले रचात्मक बन्दै गएको पुस्ता तयार हुदै गएको तर देशभित्र नेताहरु भने विगत पुरानो मानसिकता भन्दा बाहिर आउन नसकको अवस्थाले यो विश्वासले पनि धेरै साथ देला भन्न सकिन्न । बरु उनीहरुमाथिको आलोचनाको प्रहार अझ्दै बढ्दै जाँदा त्यसैलाई क्यास गरेर अघि बढ्ने नयाँ शक्तीले भने धमिलो पानीमा माछा मार्न सफल हुनेमा दुईमत नहोला ।