Breaking

अपराधी जोगाउने नेता,गाली खाने प्रहरी,जनप्रतिनिधीकै कारण बढ्दै अराजकता, गृह मन्त्रालय खै ?


काठमाडौँ — सामाजिक सुरक्षा कायम गर्न नसकेको आरोप लगाँउदै स्थानीय जनप्रनिधिदेखि सांसदहरुले सम्म प्रहरीमाथ प्रश्न गर्दा यस्ता गतिविधिमा उनीहरु नै संलग्न हुदै आएका छन । चेकजाँच गरे वा सोधपुछ मात्र गरेपनि ज्यान मार्ने धम्की दिने उनीहरु अहिले घानमा भने त्यहि प्रहरीलाई पारिहेका छन । यद्यपी यसले अराजकता मौलाँउदै गएको भन्दै चिन्ता गर्ने ठाँउ सिर्जना हुदाँ काम गरेर पनि जस नपाउने अवस्थामा सुरक्षा निकाय पुगेको हो ।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र आक्रमणमा संलग्न ८ जना पक्राउ परे। सुरुमा उनकै भाई विष्णुसहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई धारिलो हतियार प्रयोग गरि घाइते बनाएपछि उत्पन्न यो परिस्थितीमा प्रहरीले सुरक्षा दिन नसकेको वेघाको आरोप थियो । तर घटनाक्रम हेर्ने हो भने उनकै भाईले सन्देशलाई काटेर घरमा बसेपछि उपमेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको थियो ।

जहाँ विष्णुको समूहले काटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ भने उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । तर यतिका काण्ड गर्दा पनि वेघा आफ्नो भाई भन्दा धरानका डिएसपी नवराज मल्ल परिवर्तन हुनुपर्ने बताउन थालेका छन । धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत मल्लमाथि प्रश्न उठाँउदै धरानमा आफू जस्तै दवंग डिएसपी चाहिएको सामाजिक सन्जालमा पोष्ट गर्दा वेघाले पनि फेसबुक लाईभमै आएर प्रहरी सुरक्षाका लागि नआईपुगेको भन्दै आक्रोश पोखेका थिए ।

यो त प्रतिनिधि उदाहरण मात्रै हो । केहिदिन अघिमात्रै ताप्लेजुङमा समेत यस्तै घटनाको दृश्य देखिएको थियो । जहाँ कांग्रेसबाट कोशी प्रदेशसभा सदस्य खगेन सिं हङगामले डिएसपीलाई ज्यान मार्ने धम्की दिएका थिए ।

मिनिमेलामा मद्यपान गरेर होहल्ला गरेको,प्रहरीलाई हातपात गर्ने, लखेट्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि उत्पन्न परिस्थितीमा आफन्तकै पक्षमा लागेर बजार नै बन्द गराएका उनले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको मुखमै उभिएर मृत्युदेखि डराएको भए देशमा ठुलठुला क्रान्ती नहुने थियो भन्दै राजनीतिक भाषा मिसाएर स्वर सुकाँउदै वोलिरहका उनी आफूमाथि जाईलाग्ने प्रहरीको श्रीमती,वाउआमा र छोराछोरी कहाँ छन सवै थाहा भएको भन्दै कांग्रेसले सरकारको नेतृत्व गरेपछि तह लगाउने चेतावनी दिएका थिए । उनी निकै आक्रोशित हुदै उनले सो समयमा प्रहरीलाई वर्दी खोलेर आउन खुल्लम खुल्ला चेतावनी नै दिएका थिए ।

यसमा गज्जब त के छ भने केन्द्रमा काम गर्दा नेतृत्वकै सरुवा गर्ने तथा संगठनलाई नै वेकामे बनाउने उनीहरुकै पार्टीका नेता सक्रिय रहँदै आएका छन । केहि फायल मिलाउने नाममा काम गरिरहेका गृहमन्त्रीलाई साईजमा ल्याउने तथा प्रहरीमा प्रभाव जमाउने कार्यमा उनीहरु संलग्न हुदाँ देशमा भने अराजकता मौलाँउदो छ । त्यसमा समेत जनप्रनिधि र उनीहरुकै आफन्त संलग्न रहेको यी दुई उदाहरणका विच आफ्ना गल्ती गरुन्जेल चुप बस्ने र आफू पेलिन थालेपछि प्रहरीमाथि आक्षेप लगाउने गरेको देखिएको हो । उपप्रधान तथा गृहमन्त्री यसमा आफू गम्भिर रहेको बताउँछन । अराजकता बढ्दै गएको स्वीकार्ने उनी अव यहि अवस्थामा अघि बढ्न नदिने बताँउछन

हुन त धरानकै मेयरकै कारण झण्डै साम्प्रदायिक द्धन्द्धको केन्द्र धरान बन्यो भने ट्राफिकले गाडि रोकिदिएकै भरमा सिंहदरवार आगो लगाउनसम्मको धम्की वालेनले दिए । जहाँ प्रधानमन्त्री स्वयम सडकमा जनता उत्राने जस्ता मान्छे उचाल्ने अभिव्यक्तिमा लिप्त हुदाँ वातावरण आफूले विग्रार्ने अनि आरोप चाँहि प्रहरीलाई लगाउनेतर्फ यी सवै लागि परेका छन । जसले यो अराजकता अझै बढ्ने प्रष्ट देखिदाँ देश भने उनीहरुकै रस्साकस्सीको पेलानमा पर्न थालेको हो ।