Breaking

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवास लगियो


काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवासमा लगिएको छ । बुधबार दिउँसोसम्म पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीर त्यसपछि नेम्वाङको निजी निवास बालुवाटारतर्फ लगिएको हो । निवासमा एक दिन राखेर मुन्धुम परम्पराअनुसारको संस्कार गरेपछि बिहीबार अन्त्येष्टी गरिनेछ । नेम्वाङको सोमबार राति हृदयाघातबाट ७१ वर्षको उमेर निधन भएको थियो । उनको निधनप्रति शोकमा सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।