Breaking

नेम्वाङको अन्त्येष्टिका लागि कान्छा छोरा आइपुगे, जेठो मिङ्सो आज आइपुग्दै


काठमाडौँ – दिवंगत एमाले उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा नेपाल आइपुगेका छन् ।

सोमबार राति बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् । सुवासका कान्छा छोरा सुहाङ हिजै साढे १० बजे काठमाडौँ आइपुगेको नेम्वाङका स्वकीय कृष्ण काफ्लेले जानकारी दिए ।

दुवै छोरा विदेशमा रहेकै कारण नेम्वाङको पार्थिव शरीरको अझै दाहसंस्कार गरिएको छैन । अहिले उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ भने दिउँसो निवासमा लगिने एमालेले जनाएको छ ।

अब बेलायतमा रहेका जेठो छोरा मिङ्सो पनि नेपाल आइपुगेपछि नेम्वाङको अन्त्येष्टिको निर्णय हुने जानकारी काफ्लले दिए । ‘जेठो छोरा आज आइपुग्नुहुन्छ’, उनले भने