Breaking

नेम्वाङमाथि उठेका यी प्रश्न,किन हारे राष्ट्रपतिमा ?धर्म निरपेक्षता कसले ल्याएको थियो ?


काठमाडौँ — नेपाली राजनीतिमा दलिय सहमतिको शुत्रधार,स्पष्टवक्ता तथा राज्यका तिनै अंकमा परख राख्ने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ हामीबाट विदा भएका छन । योसंगै उनले गरेका कार्य र पुर्याएका योगदानका विषयमा वौद्धिक व्यक्तित्व तथा दलका नेताहरुले गरेका चर्चाले नेम्वाङलाई नचिन्ने कमैलाई समेत एउटा तस्वीर बनेको छ । तर राजनीतिक र व्यवसायीक जीवनमा सफल र प्रशंशाको पुञ्ज बनेका उनीमाथि उठेका केही प्रश्न र गर्न नसकेको विषय समेत धेरै छन ।

सभामुख भन्नासाथ आम नेपालीको मष्तिस्कमा चित्र बन्ने छवी बनाएका संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासन्द्र नेम्बाङलाई नचिन्ने सायद कमै होलान । जनताको वलीदानीबाट पुनस्थार्पित संसद र त्यसपछि जनताले जनताकै लागि बनाउने संविधान बनाउने थलो संविधानसभाको नेतृत्व गरेका उनी राजनीतिक र व्यवसायीक रुपमा सफल व्यक्तित्व हुन । यद्यप राजनीतिक रुपमासाझा पद र समन्वय र सहमतीको आधार बन्न सक्ने भूमिकामा सफल रहेका उनी कुनै कार्यकारी पदमा भने प्रश्नको घेरामा रहे ।

उनको राजनीतिक ईतिहास हेर्दा कम्युनिष्टहरुकै शब्दमा न्यायधिस जस्तो सामन्तको छोरो भएरपनि कम्युनिष्ट बनेका उनी कानुनमन्त्रीभन्दा संसदको सार्वजनिक लेखा समितिको सभापती बन्दा वढि उजालियो । सवै दलका सांसदको साझामञ्च रहने सो समितिमा रहदाँ उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई लाउडा काण्डामा आछुआछु नै पारेका थिए । सांसदकै रुपमा उनको निर्वाचन क्षेत्रमा खासै काम गर्न नसकेको तथा आफ्नो घेराभन्दा माथि उठ्न नसकेको आक्षेप खेप्ने उनी संविधानसभाको अध्यक्षका रुपमा भने नयाँ छवि बनाउन सफल भए ।

देशमा पहिलो शक्ती भएको ध्वासमा रहेको र राज्यसत्ता नै कब्जा गर्छु भन्ने माओवादीको अवस्थामा सुरु भएर त्यहि शक्ती तेश्रो भएको तथा सेनासमायोजन देखि द्धन्द्धकालिन कतिपय मुद्धालाई किनारामा सहयोग गर्ने भन्दै देशमा विदेशी शक्तीको हालीमुहाली भएको अवस्थामा संविधानसभाबाट संविधान जारी गर्न उनी सफल भए । जसका लागि उनको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका सवैमा प्रखर राख्न सक्ने क्षमता र दलिय सहमतिका नाममा वोल्ने भन्दा सुन्ने तर निर्णायक कदम चाल्न सक्ने व्यक्तित्वले भूमिका खेलेको थियो ।

यद्यपी यहि संविधानमा प्रश्न उठाउने र यसले संस्थागत गरेको व्यवस्थाका मुख्य आधार मानिएकै विषयमा भने अहिले चर्को प्रश्न उठेको छ । जहाँ जीवनको उत्तरार्धमा यहि छवीसँग जोडेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा मौन बसेको तथा धर्मनिरपेक्षता संविधानमा घुसाएको आरोप लाग्दा उनी संविधान दिएकोमा गौरव महसुस गर्दैै यसैको जवाफ दिन बाध्य थिए ।

हुन त उनीमाथि कुशल संगठनकर्ता भन्दा ओलीकै वरिपरि घुमेर पद पाउने गरेको आक्षेप पनि छ । शिष्ट र नम्र वोलेपनि आफ्ना विरुद्धकालाई घुमाउनसक्ने आक्षेप खेपेका उनलाई संविधानसभाको अध्यक्ष भईसकेपछि खाली भएको समयमा पुन वकालतमा लालयित बनेको अर्को आक्षेप पनि छ । त्यस्तै जनजातीकै छोरो भएर जनजातिकै लागि वोल्न नसकेको पहिचानवादीहरुको आरोप उनले खेप्दा दलिय राजनीति भन्दा माथि उठन नसकेर सर्वमान्य हुन सक्ने अवसर गुमाएको टिप्पणी गर्नेहरु पनि छन ।

त्यसैको उपज अन्तिम समयसम्म पनि चुनाव लड्न नछाडेको तथा जीवनभर जितको साक्षी बनेका तथा दलिय सहमतीको शुत्रधार भएर उनले आफ्ना लागि सवैभन्दा उपयुक्त हुने पद राष्ट्रपतिमै हार व्यहोरेको टिप्पणीकर्ताहरुको तर्क छ । यसको अर्थ उनको राजनीतिक उत्कर्ष संविधानसभा अध्यक्ष भएपनि त्यसले परिणाम दिने वेलामा उनी राजनीतिक रुपमा कमजोर मात्रै नभई आलोचनाको तारो समेत बनेको एकाथरीको बुझाई छ ।

फलत ः अन्र्तमुखि स्वभावका उनलाई पछिल्लो समय यसले समेत पिरोलेको हुनसक्ने उनका नजिककाहरुले बताँउदा उनलाई नजिकबाट चिनेका अधिवक्ता वावुराम दाहाल केहि प्रश्नका कसीमा उनको व्यक्तित्व नाप्न नहुने तर्क गर्छन । यद्यपी मुख्य छवि बनेको संविधानसभा अध्यक्ष बन्नुलाई नै संयोगमान्नेहरुले समेत उनले तत्कालिन आवश्यकता र उपस्थिती पुष्टि गरेको बताउँछन । तर उनको नेतृत्वमा बनेको संविधान र त्यसलाई सफलता ठान्नेहरु नै सत्तामा पुग्दा नेम्वाङले नै दागवक्ति पाउने विदेशी छोरा पर्खिनु परेको दृश्यले आम मानिसको निराशाको प्रतिनिधित्व गरिरहेको छ ।

जसको धेरथोर अपजस पनि उनीसम्म पुग्दा जानकार भनिएका उनको दृष्टि दश बर्षे आंकलनका गर्न सक्ने सम्म थिएन त भन्नेहरु समेत छन । तर जे होस अवस्था परिवर्तन नभएपनि व्यवस्था परिवर्तन भएको वर्तमान अवस्था र त्यसको आधार बनेको संविधानलाई सफलता मान्दा उनीमाथि उठेका प्रश्न कमजोर नै हुन । नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली।