Breaking

सुवासलाई सम्झिएर नेताहरुको आँखा रसाए, कसरी सम्झिन्छन् समकालिनहरु ? यसकारण सबैको साझा थिए 


काठमाडौँ — राष्ट्रिय राजनीतिका साझा व्यक्तित्व सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रिय राजनीति स्तब्ध छ । नेम्वाङको अन्त्येष्टि पर्सी बिहीबारमात्रै गरिने भएको छ । छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार मात्रै गरिने भएको हो । नेम्वाङको पार्थिव शरीर भोलि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनले राष्ट्रिय राजनीति स्तब्ध छ ।

नेता नेम्वाङको अप्रत्यासीत निधनले राजनीतिक नेतृत्व नै शोकमा डुबेको छ । अनेक उताडचढावकाबीच पार्टीभन्दा माथी उठेर राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताको सुत्रधार नेता नेम्वाङ संविधान र प्रणालीको सशक्त पक्षधर पात्र थिए । संविधानसभा, सभामुख र संसदको पर्यायका रुपमा परिचित सुवास निकै परिपक्व, शालीन र समन्वयकारी बौद्धिक नेताको सुवास छाडेर सदाका लागि संसारबाट अस्ताएका छन । नेपाली राजनीतिमा अनेकौँ छविले सुपरिचित नेता नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा उनको भूमिका महत्वपूर्ण मानिन्छ । राजनीतिका मियो सुवासलाई सहयात्रीहरु यसरी सम्झन्छन् ।

संविधानसभा अध्यक्षमा रहँदा होस् या राजनीतिक रुपमा सत्तापक्ष र प्रतिपक्षमा हुँदा या पदमा हुँदा पार्टी भन्दा माथी उठेर पद्धति, विधिको शासन र कानुनी राज्यका पक्षमा उनी अविछिन्न कहिल्यै नडगमगाएका पात्र हुन् । संविधानसभा अध्यक्ष नेम्वाङले संविधानसभाबाट संविधान जारी गर्ने क्रममा खेलेको भूमिका स्मरणीय छ । शान्ति प्रक्रियाको पूर्णतासँगै जारी राष्ट्रिय राजनीतिको अप्ठ्यारो परिस्थितिमा उनको अभाव खड्किने नेताहरुको बुझाई छ ।

जातियताको मुद्धा नबोकी समावेशीतामा शसक्त वकालत गर्ने उनी प्रतिपक्षको नजरमा समेत कहिल्यै नविजेका नेता हुन् । पछिल्लो उदाहरण नेकपा एमालेले संसद अवरोध गर्दा पार्टी स्वार्थभन्दा माथी उठेर अभिव्यक्ति दिएका थिए । अप्ठ्यारोको अड्चन फुकाउने सबैलाई मिलाएर सबैको बीचमा समन्वय गर्ने राष्ट्रिय राजनीतिका साझा व्यक्तित्व सुवास राजनीतिमा वेदाग बादशाह, सादगी र निष्कलंक नेता हुन् । सत्ता र शक्तिका लागि कहिल्यै कसैलाई नविझाएका उनी सर्वस्वीकार्य नेता हुन् । सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले प्रतिपक्षको नजरमा नविझेका नेता हुन् ।

तत्कालिन नेकपा विघटन हुँदा नेम्वाङ भने क्युनिष्ट एकताको सुत्र कतै भेटिन्छ कि भन्दै खोजिरहेका थिए । उसो त, नेकपाकालमा पनि विभाजन हुनबाट जोगाउने प्रयत्न उनले नगरेका होइनन् । ओली–प्रचण्डको दम्भले विघटनमा गएको कम्युनिष्ट एकतालाई फेरि पनि त्यहि अवस्थामा ल्याउने कोशिसमा उनी थिए । कक्षा ७ देखि नै नेम्वाङका सहपाठी रहेका झलनाथ खनाल पार्टी विभाजित भएपछि बनेको नेकपा एकीकृत समाजवादीतिर छन् । आफूहरू अलग–अलग पार्टीमा हुँदा पनि आफूहरुबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको भन्दै नेता खनालले पार्टी विभाजन भएकोप्रति नेम्वाङ निकै दुःखी भएको स्मरण गर्छन् ।

नेम्वाङ्को पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरु एमाले पार्टी कार्यलय च्यासल पुगेका थिए । अप्ठ्यारोमा खोजिने पूर्वी इलामबाट उदाएका नेता नम्वाङ काठमाडौमा अस्ताएका छन । अनेक राजनीतिक गुण हुँदा हुँदै सर्वसहमति सहित राष्ट्रपति बन्ने उनको इच्छा अपुरो रह्यो । संधै सहमतिका साथ पदमा पुगेका उनी राष्ट्रपति बन्न भने असफल रहे भने शान्ति प्रक्रियालाई पूर्णता दिने उनको इच्छा अधुरो नै रह्यो । मंगलवार निधन भएका नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यलय च्यासलमा राखिएको छ । उनको विहिवार अन्त्येष्टि गरिने जनाएको छ ।