Breaking

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन

पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखियो


काठमाडौँ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन भएको छ । अध्यक्ष माधवकुमार नेपालको सचिवालयका अनुसार केन्द्रीय सल्लाहकार विश्वकर्माकोे आज बिहान हृदयघातका कारण निधन भएको हो । विश्वकर्मालाई श्रद्धाञ्जली दिँदै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन, नेपालको मुक्ति आन्दोलन र काठमाडौंमा रहेका रौतहटवासीका बीच निर्वाह गर्नुभएको राजनीतिक तथा सामाजिक कार्यलाई सदैव सम्मानपूर्वक सम्झिरहने बताउँनुभयो । विश्वकर्माको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ ।