Breaking

नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालयमा राखिने


काठमाडौँ – ह्दयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव श्रद्धान्जलीका लागि पार्टी मुख्यालयमा राखिने भएको छ।

गएराति ७१ वर्षको उमेरमा निधन भएका उनको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। उनी पाँचौं पटक विजयी बनेका हुन्।

नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बने। यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर २ बाटै विजयी भएका थिए। २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बने।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बनेका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत भए। सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत बने।