Breaking

आत्मीय मित्र गुमाएँ : बाबुराम भट्टराई


काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट स्तब्ध भएको बताएका छन्।
आँखामा राखे पनि नबिझाउने असल मान्छे गुमाउनुपरेको भन्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

संविधानसभाका अध्यक्ष,पूर्व सभामुख ,एमालेका उपाध्यक्ष सुवास नेम्बांगको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु। आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्बांगको निधनमा देशले ठूलो क्षति व्यहोरेको छस मैले आत्मीय मित्र गुमाएको छु।