Breaking

देउवालाई ओलीकोभन्दा प्रचण्डकै विश्वास,ओली–शेखरले फेल खाँदै, कोशीले ल्याउँदै सत्ता तरंग


काठमाडौँ — एकातर्फ एमालेले गरिरहेको प्रस्ताव र काग्रेसभित्र बढ्दो असन्तुष्टिका विच पनि वास्तवमा गठबन्धन के को भरमा टिकिरहेको छ भन्नेमा विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ । केहिले यसलाई देउवाको डरसँग तथा केहिले ओलीको अस्पष्ट खेलसँग जोड्दा कांग्रेसको गुटको रणनितिले पनि काम गरेको एकाथरीको बुझाई छ ।

तर कोशीबाट नयाँ संकेत देखिने धेरेको विश्लेषणका विच किन नयाँ समिकरणका लागि वातावरण परिपक्व वनिरहेको छैन त ? मंसिर ४ को निर्वाचनपछि सत्तावाहिर भएको कांग्रेसले ढोक्सामा माछा पार्दै सुदुरपश्चिमबाट सत्ता यात्रा थालेको उदाहरण कोशीमा एमालेले हुने सम्भावनाबारे चर्चा सुरु भएको छ ।

सत्ता गठबन्धनभित्र देखिएको खटपट र बाध्यताले नै भएपनि कोशीमा एमालेलाई सघाउनुपर्ने बाध्यतामा दुई मध्ये एक दल रहदाँ त्यसले कोर्स करेन्सन हुनसक्ने चर्चा सुरु भएको हो । मुख्य कुरा त प्रचण्डबाट उनका यहि समाजवादी मोर्चाकै मुख्य नेता माधवकुमार नेपाल,उपेन्द्र यादव र वावुराम भट्टराई नै शशंकित छन । अहिले बचेपनि कुनै वेला शिकार हुन सक्ने उनीहरुको डरका विच एकीकृत समाजवादीका घनश्याम भुसाल अव आफ्नो दल फरक हिसावले हिडनुपर्ने बताउन थालिसकेका छन । जहाँ कांग्रेसमा त कोशी र केन्द्रमै भुगोल कै राजनीति समेत भईरहेको छ ।

अर्थात कोशी प्रदेशकै केपी ओली सोहि प्रदेशका शेखर कोईराला र राजेन्द्र लिङदेनसम्मका एजेण्डाहरु नै मिल्ने गरेका छन । तर गुट र सत्ताको दोहोरो राजनीति एकैचोटि गरिहेको कोईराला अव प्रचण्ड वोक्न नहुने भन्ने तर गृहमन्त्रीको समर्थन गर्ने गरिरहेका छन । देउवाको आँखाको तारो बनेका तर काम गरेको छबी भएका गृहमन्त्रीको पक्षमा वोल्दा भ्रष्टाचारविरुद्ध एकमत पनि देखिएको तथा देउवाले वोकेका प्रधानमन्त्रीमाथि दवाव समेत पर्ने उनको बुझाई हुनसक्ने यो कदमले देखाईरहेको छ ।

त्यस्तै लोभ देखाएपनि सुनिश्चिचता नदेखाएका ओली यसैमा खेलेर सत्ताको ईपिसेन्टर बन्ने दाउमा रहदाँ कांग्रेसआफैले माओवादी वोक्न छोड्ने स्थितीको पखाईमा छन । कोशीमा सर्वदलीय सरकारको विकल्प छाडेर प्रधानमन्त्री नै दिने बाटोमा प्रचण्ड गए एमाले र माओवादी केन्द्र नजिकिने स्थिति बन्न सक्ने छ भने त्यसको असर केन्द्रीय सरकारसम्म पर्नेछ ।

जसका कारण संघीय सरकारदेखि प्रदेशसम्म सत्ता समीकरण फेरिने स्थिति आउनसक्ने स्थितीका विच कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउने स्थिति आएमा संघ र अरु प्रदेशमा पनि त्यसको प्रभाव पर्नेछ । ठूला दलहरू एकठाउँ उभिँदा कांग्रेस सभापति शेरबहादुर देउवा तत्कालै प्रधानमन्त्री बन्ने र माओवादी केन्द्र देशैभर सरकारबाट बाहिरिने सम्भावना पनि उत्तिकै छ । जसको डर माओवादी नेताहरुको भाषणमा सुनिन थालेको वर्तमान अवस्थामा प्रधानमन्त्री प्रचण्डले भने यहि सरकार पाँच बर्ष टिक्ने बताउन छाडेका छैनन् ।

कोशीमा हिक्मत कार्कीले विश्वासको मत नपाए बन्ने सरकारमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा राप्रपा मिसिएर नयाँ समिकरण बन्ने अवस्था समेत छ । यसैकारण राप्रपालाई संसदीय समितिको सभापति दिएर प्रचण्डले कोशीबाट सुरु हुन सक्ने संकटमोचनको अश्त्र फालेका विश्लेषण गर्नेहरु पनि छन । जहाँ सत्ताको चावी लिएर बसेको कांग्रेसलाई बाध्न आरजु अश्त्र र कम्युनिष्ट एकता हुनसक्ने आशंका उत्पन्न गराउने अश्त्र समेत उनले अघि सारिसकेका छन ।

एमाले र माओवादीका दोस्रो तहका नेताहरू अहिले पनि सबै ठाउँमा वापमन्थी मिल्नुपर्ने भन्दै टुटेको सम्बाद जोड्न खोज्दा गरेको दृश्यका विच आफ्नै कारण उनीहरु एक भए कांग्रेस पातालमा पुग्ने र अपजस वोक्नुपर्ने डरमा पनि देउवा छन । त्यस्तै ओलीसंग भन्दा प्रचण्डसंग सहजता महसुस गरेका उनले नैतिकता नै देखाउन सक्ने अर्को पाटो रहेको भन्दै प्रधानमन्त्रीको विदेश भ्रमणकै वेला अनुचित कदम चाल्ने सम्भवना नरहेको तर्क गर्नेहरु समेत छन । तर देउवाले देखेको संकट यतिमात्र हो त ?

हुन त समिकरण परिवर्तन भए एमाले–माओवादीलाई एकठाउँ ल्याउने ‘टर्निङ प्वाइन्ट’ बन्नसक्छ कि दुई दलिय राजनीतिको सुरुवात हुन्छ यसै भन्न सकिने अवस्था छैन । त्यसैले प्रचण्ड जतिकै शंशकित देउवा पनि रहदाँ सेफ गेम भने एमालेकै पक्षमा देखिएको छ । त्यस्तै कांग्रेसको गुटमै देखिएको खेल,लचक हुने प्रचण्डको रणनिति तथा आवश्यक परे रिस्क लिन सक्ने उनका स्वभावले उत्पन्न परिस्थिती,डर वा शंका जेले होस स्वाट्टै अनपेक्षित नै परिस्थिती नै बन्न सक्ने अवस्था नभएको तर्क नै अहिलेसम्म वलियो देखिएको हो ।