Breaking

हतियारविहीन युद्धको नेतृत्व गर्न मैले पहल गरिरहेको छुः प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुण्डाहरूलाई सडकमार्फत तह लगाउने भन्दै उत्तेजित अभिव्यक्ति दिएका छन् । सोमबार समाजवादी मोर्चाले विराटनगरमा गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लाखौँ जनतालाई सडकमा उतारेर गुण्डाहरूलाई तह लगाउने अभिव्यक्ति दिएका हुन् । उनले समाजवादी मोर्चाले सातवटा प्रदेशमा कार्यक्रम सकेपछि लाखौँ जनतालाई सडकमा उतार्नेसमेत खुलासा गरे ।

‘अस्ति एउटाले हाम्रो महेन्द्र यादवलाई खुकुरी प्रहार भयो । गठबन्धनमा भएको सहमहामन्त्रीलाई खुकुरी हान्दियो । उनीहरूको मनोबल कस्तो रहेछ । तपाईं हामी रक्षात्मक त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी, गाली गलौज हुन्छ इँटको जवाफ पत्थरले दिने हो,’ उनले भने, ‘हामीले त्यो दिनैपर्ने छ । भोलि सातैवटा प्रदेशको सभा सकिन्छ त्यसपछि हामी बसेर कार्यक्रम बनाउँछौँ सडकमा जाने । लाखौँ जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, दलालहरूलाई हामी जिउँदै छौँ भनेर देखाउन परो । अनि मात्रै हाम्रो जित हुन्छ ।

उनले हतियारविहीन युद्धको सुरुवात आफूले गरेको बताउँदै साथ दिन सबैसमक्ष अपिलसमेत गरेका छन् । यो कालमा नयाँ लडाइँ सुरु गरेको फिल हुन्छ । नयाँ लडाइँ हिंसाको होइन । हतियारविहीन युद्धको नेतृत्व गर्न मैले पहल गरिरहेको छु । म अगाडि बढ्छु साथीहरूले सहयोग गर्नुपर्नेछ,’ उनले भने ।