काठमाडौँ – नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ ।
खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।
पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।
फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।
राष्ट्रिय टिमका अधिकांक खेलाडीहरु विदेश पलायन भएपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले नयाँ र युवा खेलाडीलाई समेट्दै म्यानमार गएका थिए ।
जहाँ उनले पहउलो खेलमा दुई खेलाडीलाई डेब्युमो अवसर दिए ।
त्रिभुवन आर्मी एफसीका जिलेस्पीजंग कार्कीले म्यानमारविरुद्ध पहिलो रोजाइमै खेल्दै डेब्यु गरेका थिए भने जावलाखेल युथ क्लब फरवार्ड हिसुब थपलिया दोस्रो हाफमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।
प्रतिक्रिया