Breaking

श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थाले छलफल


काठमाडौँ – श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् ।

सिंहदरबारमा जारी छलफलमा श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखहरू सहभागी छन् ।

श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुनेछ।

वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ।

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ।

यो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागिता रहनेछ।