काठमाडौँ – विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
यांगुनमा रहेको नेपाली टोलीले थुवुना रंगशालामा दिउँसो सवा ४ बजे म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको हो । यही रंगशालामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो ।
पाहुना टोली नेपाल लगातार दबाबमा रहे पनि रक्षात्मक खेल्दा पराजयबाट जोगिएको थियो। फुटबलको विश्व वरियतामा म्यानमार नेपालभन्दा १५ स्थान माथि छ ।
उसले सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई ३-० गोलले पराजित गरेको थियो। फिफा वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा छ भने नेपाल १ सय ७५औं स्थानमा छ ।
आगामी अक्टोबरमा होम एण्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओसविरुद्ध खेल्नेछ। म्यानमारले मकाउलाई प्रतिस्पर्धी पाएको छ ।
प्रतिक्रिया