Breaking

माओवादी नेताको घरमा ‘रातो बत्ति’, सुन काण्डका मुख्य नाईके बालुवाटारकै संंरक्षणमा ! गृहमन्त्रीमाथि अंकुश !


काठमाडौँ– घुम्दै फिर्दै रुम्जाटारको शैलीमा ६० किलो सुन तस्करीको अनुसन्धान माओवादी भित्रै घुमिरहेको छ । कहिले छोरा पक्राउ पर्छन्, कहिले भाईको सुन गाल्ने कम्पनी भेटिन्छ । सुन तस्करीको अनुसन्धान सकेर प्रतिवेदन बुझाउने समय आइसक्दा समेत सीआईबीले शंका गरेका ठूला राजनीतिक पात्रलाई अनुसन्धानको दायरामा ल्याएको छैन । भ्रष्टाचारको फाइल खोलेर विपक्षी लाई साइजमा ल्याउने र आफु बलवान बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजनाकाअघि सुनकाण्डमा आफनै नेता डामिए पछि यति बेला निल्नु न ओकल्नु भएको छ । सुन प्रकरणलाई लिएर प्रतिपक्षले मात्र होइन,अहिले सत्ताको ठूलो दल नेपाली काँग्रेसका नेताहरु पनि प्रचण्ड सरकारले आफ्ना नेतालाई जोगाएको आरोप लगाइरहेका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामामागिसक्दा समेत प्रचण्डआफ्नै शंकास्पद नेतालाई अनुसन्धानमा तान्न तयार भएका छैनन् । किनकि प्रधानमन्त्री प्रचण्डका लागि बोल्यो कि पोल्योको अवस्था बनेको छ । सुन तस्करीको सञ्जाल नेकपामाओवादी केन्दका नेता र कार्यकर्ताकै वरिपरि घुमिरहेको तथ्यले देखाउँछ। सुनको साइनो खोज्दै जाँदामाओवादीभन्दा पर गएकै छैन । घुमिफिरी माओवादीकै नेताशंकाको घेरामा छन् । माओवादीकै अध्यक्ष प्रधानमन्त्री छन् । माओवादीकै वरिष्ठ उपाध्यक्ष गृहमन्त्रीछन् । माओवादीकै नेता तस्करीमा जोडिएकाछन् । तैपनिप्रधानमन्त्री, गृहमन्त्रीचुपछन् । नक्कली भुटानी शरणार्थी प्रकरण र ललितानिवास जग्गा प्रकरणमा जंगिएका उनी अहिले मत्थर छन् ।

माओवादी केन्द्रकाउपाध्यक्ष कृष्णबहादुर महराको कनेक्सनचिनियाँ तस्करसँग रहेको पोल नौं किलो सुनकाण्डले खोलेको थियो । भेपमा लुकाएर ल्याएको सुन भन्सारले जफत गरेपछिचिनियाँ तस्करसँग बारम्बार फोन संवाद गरेको कल रेकर्डनै सीआईबीले प्रतिवेदनमा पेश गरेको छ । नौं किलो सुनमै भूमिका रहेका उनकाछोरा राहुलको कनेक्सन ६० किलो सुनकाण्डमा समेत देखिएपछि सीआईबीले पक्राउ गरेको छ ।पूर्वउपराष्ट्रपतिनन्दबहादुर पुनकाछोरा राहुलको कनेक्सनदावाछिरिङसँग देखिएपछि सीआईबीले बोलाएर बयानलिएको छ । माओवादीकै नेता बर्षमानपुन काभाई प्रनिशले दावा सँग मिलेर कम्पनी चलाएको र सोही कम्पनीले सुन गाल्ने काम गरेको तथ्य सार्वजनिकभइसकेका छन् । तर पनिउनीहरुलाई अनुसन्धानको दायरामाल्याउनु सरकारले उचितठानेको छैन ।

अब साउनको पहिलो हप्ताबरामदभएको सुनको अनुसन्धान सकिन केहीदिनमात्रै बाँकी छ । तर मुख्यशंकागरिएकै व्यक्तिले सरकारकै आडमाउन्मुक्तिपाउने सम्भावना छ । सीआईबीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने समय भएतापनि अनुसन्धान सुनको मालिक सम्म पुगेको छैन । आइतबारमात्रै सीआईबीले विधल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको छ ।उनको पनि दावा सँग कनेक्सन फेला परेको छ । हालसम्म ३० जना प्रक्राउ परेका छन् । प्रशस्त प्रमाण भेटिँदार शंकास्पद नेक्सस फेला पर्दा पनि माओवादीका नेता कृष्णबहादुर महरा,वर्षमान पुन र नन्दबहादुर पुनलाई अनुसन्धानको दायरासम्म नल्याउनु विडम्बना बनेको छ ।