राजनीति

अहिलेको सरकारले राष्ट्रिय उद्योगपतिलाई छानीछानी लखेट्यो: ओली


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले राष्ट्रिय उद्योगपतिलाई छानीछानी लखेटेको आरोप लगाउनुभएको छ । एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यति होल्डिङ्स, ओम्नी ग्रुप र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङको बचाउ गर्नुभएको हो । उहाँले यी कम्पनीहरूलाई खेद्नेहरू दलाल पुँजीवादी भएको बताउनुभयो । अध्यक्ष ओलीले माओवादीहरूले ओम्नी समूह र भाटभटेनीका सञ्चालकलाई खेदेको आरोप लगाउनुभयो ।