राजनीति

कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको छ: प्रदीप ज्ञवाली


काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भएपनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताउनु भयो ।

उहाँले प्रदेशप्रतिको वितृष्ण बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै काँग्रेसले समाधानको बाटोमा जानुपर्ने बताउनु भयो । उहाँले प्रदेशको हीत र संविधानको रक्षाका काँग्रेसले जिम्मेवारीपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले उचस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गरेको बताउनु भयो ।