Breaking

गुटबन्दी रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्नेछ, त्यो रोक्ने क्षमता मसँग मात्रै छ – शशांक


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले गुटबन्दी नरोकिए पार्टीमा अझै ठूलो समस्या आउने चेतावनी दिएका छन्।

रामेछापमा नेपाल प्रेस युनियन जिल्ला शाखाले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका पूर्वमहामन्त्री डा। कोइरालाले पार्टीभित्र गुटबन्दी मौलाउँदै गएको टिप्पणी गरेका हुन्।

‘नेपाली कांग्रेसमा चरम गुटबन्दी भएका कारण समस्या भएको छ’, उनले भने, ‘गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्नेछ।’

यस्तै उनले कांग्रेसमा गुटबन्दी रोक्ने तागत आफूसँग मात्र भएको दाबी पनि गरे।

‘कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य मैले मात्र राख्छु’, उनले भने।

वर्षायाम सकिएलगत्तै आफू देश दौडाहमा निस्किने जानकारी पनि उनले दिए।