Breaking

साँफे–मार्तडी सडक अवरुद्ध


काठमाडौँ – साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । शनिबारदेखिको वर्षापछि अम्कोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बाजुरा सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । अम्कोटमा लगातार ढुंगामाटोसहितको लेदो झरिरहेकाले पन्छाउन सम्भव नभएको उनले बताए ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमित रूपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए ।

पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् । रासस