Breaking

गिरिजाकै बाटोमा देउवा, बाचुन्जेल सभापति बन्ने दौड, गगन र शेखरके छटपटी, शक्तिशाली बन्दै आरजु


काठमाडौँ — संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस गुटको रोगले जिर्ण बन्दै गईरहेको छ । अहिले फेरि सभापति हत्याउन कांग्रेसमा दोस्रो र तेस्रो तहका नेताको दौडधुप चलेको छ । जसरी पनि १५ औं महाधिवेशनमा सभापति हत्याउन लागि परेका कांग्रेसका नेतामा सभापति देउवाले कतै पुन ः विधान नै संशोधन गर्दै तेस्रो कार्यकालमा पनि लड्दै त छैनन् भन्ने डर छ । नेपाली राजनीतिका पाका खेलाडि मानिनेमध्ये एक हुन कांग्रेस सभापति शेरबहादुर देउवा । देउवा कम बोल्ने तर बोलेपछि पुर्याउने नेताको रुपमा धेरैले चिन्छन् ।

जसले आठ वर्षदेखी कांग्रेसको विरासत आफ्नो काँधमा राखेर हिँडिरहेका छन् । गुट पोसेको, आफ्ना मान्छे मात्रै मन्त्री बनाएको, संसदीय सभापतिमा आफ्नै श्रीमतिलाई सभापति बनाएको, विधान विपरित पार्टी चलाएको, प्रचण्डले आफ्नै नेता थुन्दा पनि चुइक्क बोल्न नसकेको जस्ता दर्जर्नौ आरोप र आक्षेपबाट राजनीति गुजारीरहेका देउवा समकालिन भन्दा पनि सशक्त देखिन्छन् । कांग्रेस केन्द्रीय नेतृत्व विधानले नै यति शक्तिशाली बनाएको छ कि गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला मृत्यु शैयामा हुँदा पनि सभापति भएरै बिते ।

तब मात्र कांग्रेसमा कोइराला क्याम्पबाट देउवा क्याम्पमा बिरासत सर्यौ । झण्डै १५ वर्ष पार्टी नेतृत्वका लागि कोइरासँग संघर्ष गरे । अहिले कांग्रेसजनमा नेतृत्व परिवर्तन र पुस्तान्तरणलाई कांग्रेस परिवर्तनको बाधक सभापति देउवालाई देखिरहेका छन् । पुस्तान्तरणको आवाज उठाउने युवा नेता मात्रै नभएर दोस्रो तहका शीर्ष नेता पनि कसरी हुन्छ देउवालाई हत्याउदै नेतृत्व आफ्नो पकडमा पार्न गृहकार्य गरिरहेका छन् । नेपाली कांग्रेसतर कतै देउवा नै तेस्रो कार्यकालका लागि थप रणनीति बनाउँदै छन् कि ? भन्ने संसय गगन थापा र शेखर कोइरालालगायत नेतामा छ ।

यहाँ अर्को प्रश्न उठ्छ, दुई पटक भन्दा बढि सभापति बन्न पार्टीको विधानले दिँदैन । फेरि अर्को प्रश्न तेर्सिन्छ, एमालेमा अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षिय अवधि आफ्ना लागि फेरे भने त्यो कदम कांग्रेसमा देउवाले चाल्दैनन् भन्ने के ग्यारेन्टी ? अहिले गगन शेखरको मिलन नै देउवा फुटेका पार्टीका प्रतिपक्षलाई हेपेरै पाँच वर्ष होइन विधान सशंोशधन नै गरेर अर्को कार्यकाल हत्याउने रणनीतिमा त छैनन् ? भन्ने डर छ । आफूलाई लोकतन्त्र पक्षधरताको रुपमा उभ्याएका सभापति देउवाले पार्टीलाई कता लैजादै छन् ? कांग्रेसलाई नजिकबाट बुझेका राजनीति विश्लेषक पुरञ्जन आचार्य यसो भन्छन् ।

लोकतन्त्रका लागि ज्यानको बाजी लगाएका महामन्त्रीद्धय गगन–विश्व पार्टी सुदृढिकरणको अभियानमा सभापति देउवा नै बाधक देखिरहेका छन् । २०७२ सालको १३ औं महाधिवेशपछि पार्टीभित्र एकछत्र राज गरेका देउवा अहिले दोस्रो कार्यकालमा छन् । तत्कालिन सभापति सुशील कोइरालाको निधनपछि २०७२ फागुुनमा भएको १३ औँ महाधिवेशनमा देउवाले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

२०७८ मा १४ औं महाधिवेशपछि देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल पनि हो । कांग्रेसको विधानमा कांग्रेस सभापति लगातार दुुई पटकसम्म मात्रै हुने व्यवस्था छ । तर देउवा पक्षिय केही नेताहरु नेताहरु फेरि पनि पार्टीको चाबी देउवाकै हात पुगोस भन्ने चाहन्छन् । कांग्रेसमा विषेश महाधिवे्शन गरेर देउवा हटाउने प्रयास नभएको होइन । तर पार्टीमा बलिया देउवाका अगाडी त्यो विकल्प फिक्का साबित भएपछि अब समीकरण फेरिए पनि संसदीय दलमा देउवा फेरिएलान तर पार्टी नेतृवमा उनी ढुक्क छन् ।

एमालेमा ओलीलाई सहज हुने कांग्रेसमा देउवालाई किन नहोला भन्ने एकातिर विश्लेषण छ । त्यो भए सकिने र सच्चिने लडाईमा रहेको कांग्रेसको युवा पुस्ता विकल्प भनिएका पार्टीतर्फ आकर्षित देखिन सक्छन् । नेतृत्व परिवर्तनको बहस चाल्दै गर्दा कांग्रेसले नयाँ पुस्तालाई कसरी आकर्षित गर्ने भन्नेतmर्प पनि नजर लगाउनुपर्छ ।