Breaking

नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छः गृहमन्त्री


काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताउनुभएको छ । शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताउनु भयो । आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको दाबी गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको उल्लेख गर्नुभयो । उहाँले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न नसकिने बताउनु भयो ।