Breaking

कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा हाम्रो पार्टी छैन: माधवकुमार नेपाल


काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्षएवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारणपुनःनिर्वाचन हुनु नहुने बताउनु भयो । नेपालले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले कोशीप्रदेश सरकार मध्यावधिमा नजानका लागि की मिलेर जानुपर्ने, की कसैलाई साथदिनुपर्ने र की चुनावमा जानुपर्ने विकल्प मात्रै रहेको उल्लेख गर्नुभयो । उहाँले मध्यावधि चुनावमा जाँदा आफ्नो पार्टीले अहिलेको संख्याको तेब्बर बढी सिट ल्याउने डरले अन्य पार्टीहरू डराइरहेको दाबी गर्नुभयो ।अध्यक्ष नेपालले कोशीप्रदेश सरकार मध्यावधि चुनावमा नगइ टिकाइ रहन कुनै उपाय निकालिनुपर्ने बताउनु भयो ।