Breaking

नारायणकाजीले हरेस खाए, अर्को फायल कहिले खोल्ने ? प्रचण्डका कारण हौसिए ओली


काठमाडौँ — आक्रमकताका साथ अघि बढ्दा सुन प्रकरणले सेलाएको सरकार माओवादी नेता जोगाउन लागि परेको आक्षेप खेपिरहेको छ । जसमा कांग्रेसले समेत घेराबन्दी गर्दा हातपाउ बाधिएको र सत्ता जोगाउनु नै माओवादीका लागि ठुलो कुरा भएको एकाथरीको विश्लेषण छ । तर सत्ताको लोभ भन्दा शुसासन नै एक मात्र उदेश्य भएको भन्दै आएको माओवादी नेताहरुले भने रफ्तार कम नगर्ने बताँउदै आएका छन ।

त्यसो भए के सरकार पुन निरिहता भन्दा माथि उठ्ने सम्भावना छ त ? भ्रष्ट्रचार र अनियममितताको फायल खोल्दै विपक्षीलाई तह लाएर सरकारमा वलियो बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रणनिति पछिल्लो समय भने फितलो प्राय भएको छ । संसदको अंकगणितिय हिसावले कांग्रेसरुपी सिंहको सवारी गरिरहेका उनलाई पहिला खुलेका फायलहरुले सहयात्री र प्रतिपक्षी धम्काउन काम गरे पनि सुन प्रकरण टाउको दुखाई बनेको हो । यहि प्रकरणको आडमा कांग्रेसभित्रकै एक तप्काले गृहमन्त्रीको राजिनामा माग्दा प्रचण्ड भने आफ्नै नेता जोगाउनुपर्ने अवस्थामा छन ।

हुनपनि सुन तस्करीको सञ्जाल नेकपा माओवादी केन्दका नेता र कार्यकर्ताको वरिपरि घुमिरहेको छ। प्रकरण अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले माओवादीका ६० जना भन्दा बढी नेता र कार्यकर्ताको फोन सम्पर्कलाई अनुसन्धानको दायरामा ल्याएको छ। जहाँ यहि प्रकरणबाट एमालेले संसदमा आफ्ना मुद्धाहरु स्थापित गर्ने सफलताको सुरुवात गरेको छ भने सरकार चौतर्फी घेराबन्दीमा छ ।

फलतः अरुलाई तर्साएर राजनीति गर्ने रणनितिमा रहेका प्रचण्डले भने झै न त गिरिबन्धु टि स्टेट जग्गा प्रकरणको फायल खोल्न सकेका छन न त नक्कली भुटानी शरणार्थी प्रकरणमा दोश्रो चरणको अनुसन्धान नै अघि बढाउन सकेका छन । बरु ललिता निवासमा समेत सहयात्री जोगाएको आक्षेप खेपेका उनका लागि जनताले गर्न थालेको आशा समेत धुलिसात भएको छ ।

जसले माओवादी अहिले नङ्ग्रा र दाह्रां विनाको वाघको अवस्थामा पुग्दा उसका लागि सत्ता जोगाउनु नै चुनौतीपूर्ण बन्न थालेको छ । यद्यपी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको बताँउन छाडेका छैनन् ।

माओवादीलाई घेराबन्दीमा पारेका दलहरु अहिले यति आत्मविश्वासी देखिएका छन कि उसले खोल्छु भनेका फायलहरु खोल्न नै चुनौती दिन थालेका छन । आफू परे पख्लास भन्ने सुविधामा रहेको तथा उच्चस्तरमा मिलेर जानुपर्ने सहमती भएपछि उनीहरुको स्वर एकाएक ठुलो सुनिन थालेको छ । अर्थात हिजो प्रतिपक्षीलाई कमजोर बनाउन सफल भएका प्रचण्ड अहिले आफै साईजमा आएका छन ।

धरातलीय रुपमा पनि जतिबेला सत्ता घटक कांग्रेसमा आन्तरिक विवादको ग्राफ उकालो लाग्न थालेको छ भने उत्पन्न घर्षणको प्रभाव प्रधानमन्त्री निवास बालुुवाटारमा परिरहेको छ ।त्यस्तै प्रचण्डकै दृष्टीमा पनि गृहमन्त्री श्रेष्ठले राम्रो काम गरिरहेको भनेर प्रशंसा भईरहँदा उनको व्यक्तित्वको दबाब आफूमाथि परिरहेको बुझाई छ भने त्यही काम गर्ने क्रममा सत्ता गठबन्धनका नेता जोडिएका कारण अनुसन्धान रोक्न दबाब परिरहेका छन ।

जसले सरकारको सुस्तताका पछि विपक्षीको मात्र नभई सत्ता गठबन्धन र स्वयम माओवादीभित्रै देखिएको खटपट पनि मुख्य कारण रहेको प्रष्ट छ । यता शंशकित बनेका उपेन्द्र यादव र अहिले बचेपनि फस्न सकिने डरमा रहेका माधवकुमार नेपाल र बाबुराम भट्टराई त यसैपनि यो गठबन्धनको खासै आशा गरिरहेका छैनन् ।

तर माओवादी नेता गंगा कार्की भने माओवादीले यो संसदीय राजनीतिमा धेरै प्राविधिक विषय बुझेको बताँउदै अहिले देखिएको सुस्तता हुण्डरी आउनु अघिको शान्ती जस्तै भएको तर्क गर्छन । माओवादी अव पार्टी र सरकार बचाउने एकमात्र उपाय शुसासन मात्र भएकोमा प्रष्ट भएको बताँउने उनी गल्ती स्वीच नथिचियोस भनेर मात्र शान्त बसेको र समय आएपछि सवैको पर्दाफास गर्ने बताउँछन ।

हुन त प्रचण्ड गर या मर कै अवस्थामा छन । तर तेश्रो शक्ती भएर धेरै ताँईफाई गर्ने ठाँउ नभएको प्राविधिक विषय पनि सत्य हो । फलत ः सत्ताबाटै हात धुनुपरे कसरी काम गर्ने र पार्टी कुन ठाँउमा पुग्छ भन्ने चिन्तामा रहेका उनले सत्ता सहजतालाई नै प्राथमिकता दिने प्रष्ट छ ।

जहाँ द्धन्द्धकालिन मुद्धा टुङ्गोमा पुर्याउने देखि आफ्ना अनुकुल वातावरण बनाउन फुकिफुकि कदम चाल्नुपर्ने बाध्यतामा उनी छन । जसले फेरि माओवादीले सुसासनको लागि सत्ताकै रिक्स लिने सम्भावना लगभग नभएपनि मौका परे विपक्षी साईजमा ल्याउन केहि अरु फायल भने नखोल्लान भन्न सकिन्न ।