काठमाडौँ — सरकारले आफ्नो मुख्यउद्देश्य नै सुशासनसँगै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूत गराउने भन्दै आएको छ । तर,विकसितकेहीघटनाक्रमले सुरक्षाको ग्यारेन्टीगर्न सरकार चुकेको देखिन्छ ।जनताको रक्षागर्छु भन्नेहरु आफै असुरक्षितबन्दै जाँदागृह प्रशासन र सरकारको कामकारबाहीमाथिप्रश्नउठेको छ । देशमाअहिले शसस्त्र द्वन्द्व त छैन तर, भईरहेको घटनाक्रमले राम्रो संकेत गरिरहेको छैन ।मओवादीको सशस्त्रयुद्ध र ०६२/६३ को जनआन्दोलन खेपेको नेपालले फेरि एकपटकत्यहिहविगतभोग्नुपर्ने हो कि भन्ने लाग्नथालेको छ ।
राजधानीकाठमाडौंमै नेतृत्व असुरक्षितहुँदाआमनागरिकलाई सरकारको सुरक्षाप्रत्याभुतिकमजोर सावितहुनथालेको छ । आफ्नै पसलगर्दै आईरहेकीमहिलाको चक्कुप्रहारबाटहत्यागरिन्छ । सुशासन र सुरक्षामा सरकार दृढ छ भन्दै गर्दा नेतामाथि नै खुकुरी प्रहार हुन्छभने यो कस्तो शान्ति सुरक्षाको व्यवस्थापनहो ?भन्ने प्रश्न गृह प्रशासनतिर सोझिएको छ । सबैभन्दाठूलो दल नेपालीकांग्रेसका सहमहामन्त्रीएवम् मन्त्री नै भईरहेकाको टाउकोमादिनदाहाडै सयौं नागरिक उपस्थितकार्यक्रममै खुकुरी प्रहार भएको घटनाले गम्भीर प्रश्नजन्माएको छ ।
सुरक्षाको दृष्टिकोणले निक्कै संवेदनशीलमानिने सानाहतियारको बिगबिगी देशभर नैछ ।सानाहतियार भण्डार हुनु सुरक्षाको हिसाबले निकै जोखिमपूर्ण मानिन्छ ।प्रहरी प्रधानकार्यालयको पछिल्लो तीनआर्थिक वर्षको तथ्यांक हेर्ने हो भने देशभरको सुरक्षाअवस्थाझस्काउने गरी सानाहतियार बरामदभएको देखिन्छ ।तीनवर्षमा २१४ सानाहतियार पेस्तोल बरामदभएको छ । पेस्तोलसँगैत्यसमालाग्ने ४८५ गोलीसमेत प्रहरीले बरामद गरेको छ ।
त्यसमध्ये २६ वटाआधुनिक अमेरिकन पेस्तोल पनिबरामदगरिएको छ । देशमादिनानुदिननागरिकदेखि नेता सबै असुरक्षितभईरहेको अवस्थामाअमनचयनकायमगर्नु पर्ने सरकारले यस्ता गतिविधि नरोके अवस्थाभयानकहुन सक्छ । सरकारलाई प्रतिपक्षीदलका नेतातथा सांसदहरुले बारम्बार यसबारे बारम्बार सम्झाईरहेका छन् ।
सरकारको सबैभन्दाठूलो दायित्वनागरिकको सुरक्षागर्नु हो । राज्यले नागरिकलाई सुरक्षाको प्रत्याभूतगराउनुपर्छ । तर, यसरी ठूलाठूला नेतामाथि नै हातहतियारसहितआक्रमणहुँदा सरकारप्रतिजनताको भरोसा टुट्दै गएको छ । नागरिकजहाँगएत्यही असुरक्षिमहसुस गर्न थालेका छन् । पुनर्जिवनपाउने अस्पतालमा नै पनि राज्यकै लापरवाहीका कारणज्यानगुमाउनु पर्ने अवस्थालाई सांसदहरुले औलाउठाईरहेका छन् ।
शीर्ष राजनीतिक नेतृत्वआफ्नो वरिपरि सधै सुरक्षाकालागिताँतीलगाएर हिड्ने गर्छन् । तर, सुरक्षाको घेराभित्रहिड्ने तिनै नेताहरु पटकपटक सार्वजनिकस्थलमाहमलामा पर्ने गरेका छन् । सत्ता, शक्ति र सरकार सबै हातमाहुँदाहुँदै पनिआफ्नै सुरक्षागर्न नसक्ने नेतामाथि देश र जनताको सुरक्षाको प्रत्याभुत कसरी हुन्छ?भन्ने प्रश्नगहन छ ।
सरकारको भनाई अनुसार देशमाअहिले शान्तिसुव्यवस्थाछ । अमनचयनकायमगर्नकै लागिहिजो बन्दुकबोकेर जनयुद्धगर्छु भन्दै धम्याउने विप्लवपनिशान्तिपूर्ण राजनीतिमाआईसकेका छन् । क्रान्ति र विद्रोहको आवाजबोल्ने उनले पनि राष्ट्रिय राजनीतिबाट नै निकाशखोजिरहेका छन् । तर, राजधानी जस्तो शहरमाएक्लै हिड्न डराउनुपर्ने अवस्थाले देश कताजाँदै छ ?प्रश्नउनै राजनीतिक नेतृत्वलाई ।


प्रतिक्रिया