Breaking

प्रतिनिधि सभाको बैठक बस्दै


काठमाडौँ – आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ ।

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ४ जना मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने कार्यसूची छ ।

बैठकमा कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

त्यसैगरी प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डलले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन ९२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पेश गर्ने कार्यसूची पनि आजको बैठकको लागि तय भएको छ ।