Breaking

अलमलमा झलनाथ र वामदेव,न त एमाले जान सक्ने न त पार्टीमा मिल्न सक्ने,के गर्लान माधव ?


काठमाडौँ — कहिले पार्टीभित्रै फरक मत राख्ने त कहिले कम्युनिष्ट एकताको सपनासम्म देख्ने झलनाथ र बामदेवमा छटपटि बढ्न थालेको छ । एमाले यात्राको ढोका पनि तत्कालका लागि बन्द भएपछि तत्काललाई पार्टी सुदृढिकरणकै बाटोमा फर्किएका उनीहरु त्यसमा पनि कतिन्जेल टिक्छन यसै भन्न सकिने अवस्था भने छैन । जहाँ उनीहरुको अलमललाई विना शर्त पार्टी प्रवेशको आधार बन्न सक्ने सपना एमालेले देख्दा यसैमा खेलेर दवाव बढाउने रणनितिमा प्रचण्ड छन । सधै अलमल र उल्झनमा रहने झलनाथ खनाल र वामदेव गौतमको साझा चरित्र रहदाँ दुवै जना एमाले छोडेका नेताहरु हुन ।

व्यक्तिगत रुपमा ओलीसंग पनि त्यतिधेरै तुष नभएका उनीहरु अहिले पनि के गर्ने भन्नेमा टुङ्गोमा पुग्न सकेका छैनन् । आफू एमालेमा फर्कन सत्तरी बर्षिय हदसम्म समेत फिर्ता गरे वामदेव र झलनाथ एमाले फर्कने बाटोमा थिए । यता प्रचण्डको नेतृत्वको समाजवादी मोर्चामा पनि उत्तिकै छ । झाक्री लगायतलाई लिएर एमाले फर्कन बाटो बन्द भएपछि घनश्याम भुसाललाई नेतृत्वमा स्थापीत गराउन झलनाथ लागि परेका छन । फलत ः माधवले माघमा गर्ने महाधिवेशन गने प्रस्ताव समेत पारित हुन दिएनन् ।

सचिवालयमा अल्पमतमा परेका माधवका विरासत खोजेर एकीकृत समाजवादी मै आफ्नो भविष्य खोज्न खनाल लागि परेका छन । प्रचण्डकै वोली वोल्दै एमाले पार्टीभित्र बिस्फोट हुने बताउन थालेका उनी आगामी चुनावमा आफ्नो पार्टी एक्लै सवै क्षेत्र र तहमा लड्ने बताउन थालेका छन । पार्टीभित्र पनि माधव विरुद्ध कै वकालत गर्ने र घरि यता घरि उता गर्ने अलमलमा रहेका उनले आफूहरुले सही बाटो लिएर अगाडी बढे एकीकृत समाजवादी पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्ने सपना देख्न थालेका छन ।

यता कम्युनिष्ट एकताकै सपना देखिरहेका वामदेव गौतम पनि एमाले जाने हतारोमा थिए । त्यसका लागि श्रीमतीको सदस्यता समेत नविकरण गराउने बताएका उनी ओली पछिको वरियता चहान्थे । जसलाई भूमिका खोजेका रुपमा अथ्र्याएका उनले अहिले त्यो सम्भवना पनि बन्द भएपछि फेरि दोधारे कुरा गर्न थालेका छन । एमालेमा ७० वर्षे उमेरहद संविधानको धारा २४ को विरुद्धमा रहेको जिकिर गर्दै सो प्रावधान हट्नै पर्ने भए पनि नहटाइएको भन्दै गुनासो गर्दै आएका उनले अहिले माओवादीमा जान नसक्ने तर एकीकृत समाजवादी भने जान सक्ने बताउन थालेका छन ।

वहानाका रुपमा प्रचण्डले पीडितका घरमा राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान नसक्ने बताएका उनी एजेण्डाका हिसावले समेत आफै जान सक्ने भनेको पार्टीहरुकै विपरित संघियता विरोधी कित्तामा उभिएका छन । उनले बनाएको नेकपा एकता राष्ट्रिय अभियान पार्टीसंविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने र संघीयता खारेज गरेर अघि बढ्नुपर्ने निष्कर्ष पुग्दा गौतमको अलमल अझ प्रष्ट भएको छ । यद्यपि, कम्युनिष्टहरुको संयुक्तरुपमा एउटै पार्टी बनाउने हो भने त्यसमा जान असहमति नरहने भन्दै उनले अर्को बाटो पनि कायम नै राखेका छन ।

यहि ढुलमुले चरित्रकै कारण खास गन्तब्य के हो भन्नेमै उनीहरुको नरहेको प्रष्ट रहदाँ एमाले जाने बाटो पनि अझै वन्द भने भएको छैन । तर आफ्नो भूमिका र व्यवस्थापनका विषय उनीहरुको बाधक बन्दा एमाले पनि उनीहरु बाध्य भएर आउन भन्नेमै छ । फलत ः न त एमालेका निम्तो न त पार्टी सुदृढिकरणकै अवस्था दुवै नभएका उनीहरुमा बढ्दो छटपटिले कुन बाटो हिडाउछ यसै भन्न सकिने अवस्था छैन ।