Breaking

कहाँ हराए नारायणकाजी ? गृहमन्त्री साईजमा ल्याउनओली देउवा एकठाँउमा


काठमाडौँ — भ्रष्टचार र अनियमितताका फायल खोलेर चर्चाको शिखरमा पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठमा पछिल्लो समय सुस्तता देखिन्छ । प्रतिकुल अवस्थामा सरकारको उपस्थिती देखाउने मन्त्रीका नाम कमाएका उनी तीनै फायलहरुमा देखाएको पक्षधरता र सहयात्रीको दवावले निरिह बनेका हुन् । उता विपक्षीले समेत पेल्ने ठाँउ पाएपछि श्रेष्ठ अहिले साईजमा आएको चर्चा सुरु भएको छ । एमालेको साथमा सत्ता यात्राका वेला केपी शर्मा ओलीले रवि लामिछाने अघि सारेपछि भौतिक पुर्वाधारमा थन्किएका नारायणकाजी श्रेष्ठका लागि प्रधानमन्त्री समेत दाहिना हुन सकेनन् ।

फलतः सडक अनुगमन मै रमाएका उनी धेरै दिन त मन्त्रालय नै गएनन् । तर पछि कांग्रेसले गठबन्धन फिर्ता ल्याएपछि गृहमन्त्री भेटेका श्रेष्ठले त्यसपछि भने शक्तिशाली बन्ने मौका पाए । लगत्तै नक्कली भुटानी शरणार्थीको फायल खोलेका उनले भिआईपीलाई नै जेल यात्रा गराएपछि चर्चा बटुले । कांग्रेसकै नेताहरु समेत पक्राउ परेपनि जनताको साथ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथले उनलाई हल्लाउने आँट कसैले गरेनन् । यद्यपी कांग्रेस केन्द्रीय समिति वैठकमा वालकृष्ण खाँण निकट नेताहरुले भने गृहमन्त्रीको राजिनामा मागेका थिए ।

तर माहोल आफैतिर बन्दा उत्साहले सरकारमाथि उठेको प्रश्नको जवाफ दिदै ललिता निवास जग्गा प्रकरणको फायल समेत खोलेका उनले माधव कुमार नेपाल र डा.बाबुराम भट्टराई जोगाएको आरोप खेपे । त्यसको जवाफ पनि दिने मुडमा श्रेष्ठ रहदाँ सर्वोच्च अदालतको आदेशले झनै सजिलो बनाएको थियो । यता प्रचण्डले गौर घटनाको समेत छानविन गर्ने पिडितसंग सहमती गरेपछि आफ्नो सक्रियता अझ बढ्ने श्रेष्ठको बुझाई थियो । तर यहिविचमा भेपमा सुन प्रकरणमा माओवादी कै नेताको नाम जोडिएपछि भने उनलाई पछि हट्न पार्टीभित्रैबाट दवाव बढ्यो ।

यसले नखाउ भने दिनभरीको शिकार खाउ भने कान्छा वावुको अनुहारको अवस्थामा गृहमन्त्री पुग्दा विपक्षीले भने सरकारमाथि नै प्रश्न उठाउने ठाँउ पायो । यहि विचमा ६१ केजी सुन विमानस्थलबाट बाहिरिएको अर्को घटना वाहिरिदाँ उनको राजिनामा सत्ताघटक सांसद नै मागेका थिए । त्यसको जवाफ अनुसन्धानलाई चुस्त बनाउने भन्दा उनै शुनिल शर्मालाई पक्राउ गर्ने गलत कदम चालेपछि अर्को समस्यामा फसेका उनीमाथि कांग्रेस सभापती शेरबहादुर देउवाले त हप्कीदप्की नै गरेका थिए ।

जहाँ नक्कली भुटानी शरणार्थी प्रकरण अझ माथि गए आरजु राणा तानिने डरका विच प्रकरणमाथिको दोस्रो चरणको अनुसन्धानको गृहमन्त्रीले लिए । हिरासतमा रहेका मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारीसँग पुनः बयान लिएर काठमाडौं प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाउन खोजिरहेकै बेला देउवा दम्पती गृहमन्त्रीप्रति आक्रोशित मात्रै भएनन्, गृहमन्त्रीलाई हटाउने प्रयासमा समेत लागे ।जसले साईजमा देखिएका गृहमन्त्री अहिले आफ्नो पद जोगाउने सकसमा देखिन थालेका छ भने सहयात्रीहरुले नै सरकार प्रति आशंका व्यक्त गर्न थालेका छन ।

गृहमन्त्रीका कामले डराएका देउवाले प्रचण्डलाई अनुसन्धानमा खटिएका प्रहरी अधिकारी नै सरुवाको दवाव दिएका थिए । फलत ः देउवा प्रचण्डको छलफलबाटै प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीलाई सरुवा गर्ने निधो भएको थियो भने त्यसको खवर पछि मात्र गृहमन्त्रीले पाएका थिए । यद्यपी देउवा गृहमन्त्रीप्रति आश्वस्त भने भइसकेका छैनन् । एकातिर गृहमन्त्री श्रेष्ठले आफू निकटस्थसँग सुशासनमा सम्झौता नगर्ने, भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने, सम्झौता गर्नुपरे कुर्सी छाडेर हिँड्ने बताउँदै आएका छन ।

सवै भन्दा वढि डर त प्रधानमन्त्री प्रचण्डले समेत गृहमन्त्रीले आफूलाई ‘क्रस’ गरेर काम गरेको सुनाउँदै आएको विषय देउवालाई जानकारी गराएका छन् । जहाँ प्रचण्ड भने पछिल्लो समय गठबन्धनमा देउवा हाबी हुन थालेपछिसत्ता टिकाउन लचक हुँदै आएका छन् । २९ साउनमा सत्ता गठबन्धनको बैठकमा गृहमन्त्रीप्रति देउवाको आक्रोशपछि प्रचण्ड हच्किएको नेताहरुकमभनाईकाविच गिरिबन्धु टि स्टेटको फायल खोल्छु भन्दै धम्काउदै आएका उनीहरुलाई उल्टै एमालेले चुनौती दिन थालेको विषयले गृहमन्त्री नङ र दाह्रा विनाको सिंह हुन गालेका छन् ।

यसैपनि ईतर पक्षले एजेण्डा खोजिरहेका वेला जनमत जतिसुकै प्रतिकूल भए पनि देउवा आफू र आफ्ना पक्षका जोसुकै नेता जोडिने भ्रष्टाचारका काण्डहरूलाई सकभर खोतल्न दिने पक्षमा छैनन् । अहिले नै सकस व्यहोरिरहेका उनी आफ्नो नामसमेत जोडिएको वाइडबडी प्रकरणको चर्चाले थप सशंकित छन । जहाँ पहिलेबाटै तर्सिएको एमालेलाई पनि देउवासंग डर मिल्नुले ढाढस दिएको छ । जहाँ संसदीय धरालतलका कारण सवैलाई वेवास्ता गर्दै सत्ता नै दाउमा लगाउने रणनितिमा प्रचण्ड पनि छैनन् । जसले तीन जनाविच एक किसिमको स्वार्थको सम्बन्ध स्थापना हुदाँ त्यसको घानमा भने गृहमन्त्री परेका हुन ।