Breaking

नेपाल र युएई खेल वर्षाका कारण सुरू हुन सकेन


काठमाडौँ – आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईविरूद्ध खेल वर्षाका कारण प्रभावित भएको छ ।

वर्षाका कारण खेल सुरू हुन सकेको छैन । नेपाल अपराजित रूपमा समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको नेपालले चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

उता, अपराजित युएई पनि नेपाललाई पराजित गरि अपराजित रुपमा सेमिफाइनल पुग्न चाहन्छ । प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।