Breaking

प्रचण्ड ओलीको भेट देउवालाई थ्रेट ? शेखर ओलीको भेट कसको सरकार चैट ? सत्ताको चावी कहाँ ?


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभिव्यक्तिमार्फत नै सरकार ढल्न सक्ने डरको संकेत गरिरहेका छन् । सार्वजनिक अभिव्यक्तिमै उनले आफूलाई घेराबन्दी गर्न थालिएको बताँउदा गृहमन्त्रीमाथि बढेको दवावलाई समेत सरकारको आयूसंग जोड्न थालिएको छ । जहाँ कांग्रेसकै एक पक्ष सक्रिय रहदाँ ओलीसंग भेटेर नयाँ विकल्प वारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेपछि के यो सरकार ढल्छ त ?भन्ने चासो बढेको हो ।

गत पुस १० मा अहिलेका प्रतिपक्षी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डलाई अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी,जसपा,जनमत र नागरिक उन्मुक्तिलगायत पार्टीको समर्थन छ। संसदमा ३२ सिट मात्रै रहेको माओवादी अध्यक्ष प्रचण्डलाई झण्डै तेब्बर बढी सिटसहित संसदको ठूलो दल कांग्रेसले प्रधानमन्त्री बनाएको छ भने देउवा पनि कम्युनिष्टमा देखिएको धुव्रीकरणले तत्काल अर्को कदम चाल्ने बाटोमा छैनन् । जहाँ एमाले कांग्रेस नै मिल्न सक्ने अवस्था समेत नरहेको भन्दै एकाथरीको विश्लेषका विच गृहमन्त्री विरुद्ध बढाएको घेराबन्दीले भने प्रचण्ड तर्सिएका छन ।

हुन पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोश्रो चरणको अनुसन्धानले स्वयम शेरबहादुर देउवा नै शंशकित छन भने गृहमन्त्री नारायणकाजी श्रेष्ठ हटाए काम गर्ने व्यक्ति हटाएको आक्षेप खेप्ने डरमा प्रचण्ड छन । त्यस्तै शुसासनकै कारण सत्ता गएको भन्नै वहाना समेत प्रकरणहरुको अनुसन्धानमा देखाएको पक्षधरताकै कारण नचल्ने अवस्थामा पूग्दा कांग्रेस भित्रको एक तप्का सरकार परिवर्तनको खेलमै लागेको छ ।

विशेषत आफूलाई पक्राउ गरेपछि घोषित रुपमै सांसद सुनिल शर्माले अव कांग्रेस एमाले मिल्नुको विकल्प नभएको भन्दै वालकोट नै पुगेर ओलीको खुट्टा समाउदाँ डा.शेखर कोईरालाले पनि प्रचण्डको जस्तो अराजतक शैलीले देश नचल्ने बताउन थालेका छन । वालकोट पुगेर ओलीलाई भेट्दै देउवा फकाउने जिम्मा लिएका कोईरालाले सार्वजनिक अभिव्यक्तिमै देउवाको हुति जाँचेका छन ।

हुन त वर्तमान गठबन्धन ढले प्रचण्डले एमालेलाई प्रधानमन्त्रीको अफर गरे ओली चुप बस्नेमै देउवाको विश्वास छैन । फलत ः अफर नै आउदा समेत चुप बसेका उनी जसरी पनि आफू प्रधानमन्त्री हुनेबेलासम्म यही सरकार टिकाउन दृढ रहेको एकाथरीको तर्क छ । जहाँ नक्कली शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाणलाई पक्राउ गर्दासम्म पनि हलचल नभएका उनलाई नचलाउने मनस्थितीमा रहेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरेका प्रहरी अधिरकारीलाई नै गृहमन्त्रीलाई जानकारी नै नदिई सरुवा गर्न प्रचण्ड तयार भएका थिए ।

अर्कातर्फ ललिता निवास प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तानेको भए पनि संकट आउन सक्ने अवस्थाबाट समेत उनले निकास पाईसकेका छन । यद्यपी नयाँ समिकरणका लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थिति पनि कारण बन्न सक्ने अवस्था रहदाँ देउवा पक्षकै खाँण समुह यो सरकारसंग रुष्टछ ।

त्यसमा कोईराला गुट थपिदा आफू विरुद्धको मत वलियो बन्ने प्रचण्डको बुझाई रहदाँ कांग्रेसका मन्त्रीहरुको वैठक बसेको विषयले समेत उनलाई घोचेको छ ।फलत ः कतै वामहरु एक हुने त हैनन भन्नेदेउवाकै शंकालाई मलजल गर्ने गरि ओली भेटेका उनले नयाँ पुस १० कै बाटोमा पुग्ने संकेत गरिसकेका छन । यता राजनीतिक विश्लेषक पुरन्जन आचार्य भने यो सरकार ढल्न देउवाको घरसम्मै छानविनको तार छिनुपर्ने बताउँछन ।

प्रधानमन्त्री प्रचण्ड झण्डै १५ दिन देशबाहिर रहने भएका छन् । घरेलु राजनीतिक बिग्रँदै गएको समयमा प्रधानमन्त्री प्रचण्डले अमेरिका हुँदै चीन भ्रमण गर्न लागेका हुन् । यहि बीचमा चीन र भारतबीचको सम्बन्धमासमेत खटपट देखिनुले नेपालको सत्ता समिकरणमा पनि त्यसको दबाब र प्रभाव पर्ने देखिन्छ । उसो त सुन काण्डमा बारम्बार आफ्ना नेताको नाम मुछिदा पनि जोगाएका आफ्नै शुसासनमा बन्चरो हानेको वर्तमान सरकार अहिले समिकरणकै खेलमा रमाईरहेको छ ।

फलत ः सकेसम्मको लचकता देखाएर सत्ता जोगाउने बाटोमा प्रचण्ड लाग्ने प्रष्ट हुदाँ काम देखाएर पार्टी निर्माणको उनको रणनिति फेल हुने निश्चित छ । जहाँ कसैलाई नसुन्ने बताईएका गृहमन्त्रीमाथि उनको लगाम कति वलियो बन्छ भन्ने विषय समेत वर्तमान गठबन्धनको भविष्यसंग जोडिने छ भने कसरी एमालेले छानविनको तार देउवाकै घरसम्म पुर्याउन भूमिका खेल्छ त्यसले समेत उसको नयाँ समिकरण निर्माणको आधार तय हुनेछ । जहाँ विकसित घटना क्रमले फेरि वालकोट नै सत्ताको ईपिसेन्टर बन्ने देखिदाँ कतै ओली नै प्रधानमन्त्री बन्ने त हैनन भन्ने दृश्य देखिन थालेको छ ।