Breaking

कोशी प्रदेश सरकारविरूद्धको मुद्दामा आज विपक्षीको बहस हुँदै


काठमाडौँ — कोसी प्रदेश सरकारविरूद्ध नेकपा (एमाले) को रिटमा आजबाट प्रतिवादीको बहस सुरू हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरू हुने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरू भएको थियो ।

आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि) सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए ।