Breaking

काम लागेन ओलीको निर्देशन,विष्णु र शंकरको भीडन्त, एमालेमा देखिएको संकेत के ?


काठमाडौँ — एमालेभित्र विकल्पको खोजी भईरहेको एकाथरीको विश्लेषणका विच लुम्बीनी प्रदेशको नेतृत्व सर्वसहमत गर्न एमाले असफल भएको छ । केपी ओलीका उत्ताराधिकारीका रुपमा हेरिएका पौडेल र पोखे्रेलको राजनीतिक भीडन्त नहुने दुवैको दावी थियो । लुम्बीनीबाटै एकताको सन्देश दिने उनीहरुकै भनाई विपरितको स्थिती देखिएपछि विभिन्न कोणबाट यसको विश्लेषण सुरु भएको छ ।

एमालेका लागि निकै महत्वपूर्ण मानिँदै आएको लुम्बनी प्रदेशमा सर्वसहमतको ढोका बन्द भएको छ । पहिलो प्रदेश अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि एमाले लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्वका लागि निर्वाचनको बाटो रोज्न बाध्य बनेको हो । जहाँ उपाध्यक्ष विष्णु पौडेल निकट राधाकृष्ण कँडेल र महासचिव शंकर पोखरेल निकट हरि रिजाल प्रतिस्पर्धामा छन् । यसअघि पनि डा.वेदुराम भुसालदेखि घनश्याम भुसाल जस्ता नेताहरुको समेत गृहप्रदेश रहेकोमा उनीहरुले एकीकृत समाजवादी रोजेपछि एमालेका पौडेल र पोखरेल विच प्रतिस्पर्धा छ ।

कँडेल साविकको प्रदेश कमिटी अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्षको दावेदारी सहित प्रतिनिधि छनौट भएर आएका हुन। उनी पूर्व मन्त्रीसमेत हुन। कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट छन्। यो अधिवेशनमा कँडेल र रिजालको प्रतिस्पर्धा देखाइए पनि मुख्य प्रतिस्पर्धा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बिच रहेको कसैबाट लुकेको छैन। जहाँ दुवैविच अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने होड रहदाँ महासचिव पोखेरेलले नै गत निर्वाचनमा हार व्यहोरेका थिए भने पौडेलले समेत निकै सकसका साथ जित हात पारेका थिए ।

फलत ः यो प्रदेशमा एकता र सहकार्यको सन्देश दिन सकेमात्र एमालेमा नयाँ तरंग सिर्जना हुने अवस्थाका विच ओलीले यो प्रदेशको नेतृत्व सहमतिबाट चयन गर्न विशेष जोड गर्दै निर्देशन दिएका थिए । त्यस्तै केन्द्रीय सचिवालयले प्यानल प्रतिस्पर्धामा रोक लगाउँदा प्रदेश इन्चार्ज पद्मा अर्यालले अध्यक्षका प्रत्याशी कँडेल र रिजालबीच सहमति जुटाउने सक्दो प्रयास गरेकी थिईन । तर त्यसको विपरित प्यानलकै रुपमा उम्मेद्वारी दर्ता भयो । त्यसअघि शनिबारको अधिवेशन उद्घाटन समारोहबाटै उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले पार्टीमा गुटबन्दी गर्ने छुट कसैलाई नभएको र आफुहरुबीच पार्टीलाई बलियो बनाउने सवालमा बलियो एकता रहेको भाषण गरेका थिए।

सार्वजनिक अभिव्यक्तिमा एकता देखाएपनि बुटवल आसपासमै दिनहुँ जसो दुई नेता नजिकका नेता तथा प्रतिनिधि गोप्य छलफल चल्दै आएको छ । फलत ः अहिले निर्वाचनबाट कँडेल या रिजाल को आउँछन् भन्दा पनि पार्टी उपाध्यक्ष पौडेल या महासचिव पोखरेलमा कसले बाजी मार्छन् भन्ने नै मुख्य चासोको विषय बनेको छ।जसले अन्य प्रदेशमा समेत निर्वाचनकै अवस्था आए फरक मत राख्नेलाई भित्तामै पुर्याउने र सर्वसहमतीका नाममा आफू वलियो बन्ने ओलीको सपनाको धक्का त लाग्ने हैन ?भन्ने डर निकट नेताहरुमा देखिन्छ ।

जुन दृश्यले उत्ताराधिकारीकाविच दुई धार प्रष्ट देखिदाँ ओलीको खम्बाहरु कमजोर हुने खतरालाई टार्न नसक्ने देखिन्छ । यसर्थ लुम्बिनीमा एमालेले सर्वसहमती भन्दै बढाएको दवावका विच पनि देखिएको दृश्यले ओलीको विकल्पसम्म खोज्ने संकेत गर्ने राजनीतिक विश्लेषक सरोज मिश्र बताउँछन ।

कम्युनिस्ट पार्टीमा महासचिव पदलाई शक्तिशाली पदको रुपमा लिने परम्परा छ।अक्र गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महासचिव बनाएका नेता शङ्कर पोखरेललाई उनको उत्तराधिकारीको रूपमा हेर्ने गरिएको थियो। तर उनको हारले पौडेल वलिया देखिदाँ सत्तरी बर्षे उमेर हद हटाउने निर्णयले एकचोटि पुन ओली नै नेतृत्व गर्ने आधार तय भईसकेको छ । जहाँ कम्युनिष्ट धुव्रको केन्द्र बनाउन ओलीकै विकल्प समेत खोज्ने प्रयास भईरहेको खवर समेत बाहिरिरहेका छन । यो अवस्थामा आफ्नै उत्तराधीकारीको लडाईले ओलीलाई थप खतरा नहोला भन्न सकिन्न ।