Breaking

ओली सक्न हौसिए प्रचण्ड–माधव, सत्ताको बलमा एमाले फुटाउने दाउ, कम्युनष्टिहरुको शक्ति संघर्ष


काठमाडौँ — सत्ता र शक्तिका लागि जुनसुकै मुद्धा र अवस्थामा पनि मिल्न र फुट्न सक्ने कम्युनिष्टहरु रु एकले अर्कालाई सकाउनमा नै लागि परेका छन् । आफू सच्चिदा भन्दा अर्कालाई सकाएरै स्थापित हुने होडबाजीमा रहेका कम्युनष्टिहरु शक्ति संघर्षका लागि जुधिरहेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा कम्युनिष्टको उपस्थित स–साना खुद्रे पसल देखि सरकारमा प्रतिपक्षसम्मको भुमिका सम्म छ । साना कम्युनिष्टहरु आ–आफ्नै पसल चलाएर बसेकाछन् । तर,सर्वोच्च अदालतले नेकपा फुटको आदेश दिएपछि भने मूलधारका कम्युनिष्टहरु मुख्यत दुई धारमा विभाजित छन् ।

दुई धारमा चिरिएका कम्युनिष्टहरुबीच एकले अर्कालाई खुईल्याएर सिध्याउने रणनिति देखिन्छ ।नेकपा एमालेको नेतृत्व गरिरहेका केपी शर्मा ओलीलाई सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट ध्रुवको नेतृत्व गर्न चाहन्छन् भने प्रचण्डलाई सकेर कम्युनिष्टको गद्दीमा बस्ने ओलीको इच्छा छ ।

कम्युनिष्टलाई आफ्नो अधिनस्थ बनाउने यी दुईको शक्ति संघर्ष अहिले सतहमा आउँदा एकले अर्कालाई आफूले सकेजति नंग्याउने प्रयास गरिरहेका छन् । ओलीलाई एक्ल्याउँदै समाजवादी मोर्चाको गठन गरेका प्रचण्ड ओलीलाई गणतन्त्र आन्दोलनको नेता नभएको र नक्कली कम्युनिष्ट भएको भन्दै परिवर्तन रोक्न चाहाने प्रतिगामीको आरोप लगाउने गरेका छन् । एमालेभित्र ठूलो धाजा परेको र नेतृत्वबाट हैरानी खेपिरहेका नेता कार्यकताहरुका तप्का फुट्ने स्थितिमा पुगेको प्रचण्डको दावी छ ।

ओलीको कार्यशैली प्रति असन्तुिष्ट पोख्दै पार्टी फुटाए गठन भएको एकीकृत समाजवादीका कार्यकर्तादेखि पदाधिकारी र केन्द्रीय सदस्य नै पनि एमालेमा फिर्ता भईरहेका छन् । एस र एमालेमा कार्यकर्ता फिर्ता ल्याउने लुछातानीको अवस्था छ । तर,ओलीलाई चुनौती दिन समाजवादी मोर्चाको समेत निर्माण गरेका माधव नेपालको पनि प्रचण्डको जस्तै एमाले समाप्त भएर जाने बुझाई छ । प्रचण्डको बुई चडेर सत्ताको प्रयोग गरिरहेका उनले एमाले आफै सोत्तर भइरहेको र हावा खाईरहेको जिकिर गरेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव जस्ता राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका पदाधिकारी हार्दासमेत आफूले जितेर विरासत जोगाएका ओली जतिसुकै मोर्चावन्दी गरेर एमाले सकाउन खोजे पनि एमाले जहाँका त्यही अटल रहेको र बरु उनीहरु नै उच्छिटिएको टिप्पणी गर्छन् । एमालेमा पहिरो जाँदैछ भन्ने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कसैले चाहँदैमा पहिरो जानलाई एमाले माटोको ढिस्को र खरानीको डल्लो नभएको प्रत्युत्तर फर्काएका छन् । महान् उद्देश्य बोकेर हिडेको एमाले कसैको हल्लाकै भरमा हलचल नहुने तर्क ओलीको छ ।

शक्ति संघर्षमा लागेका कम्युनिष्टहरु एक अर्कालाई सिध्याउनमा नै लागि परेका छन् । एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा, माओवादी एक ठाउँमा उभिएर खिया लागेको एमाले सकिने दिशातिर उन्मुख भएको बताईरहेका छन् । त्यस्तै एमाले पनि आफूहरुलाई कसैले हल्लाउन नसक्ने दावी गरिरहेको छ । एकले अर्काको आलोचना गर्नमा नै समय बिताइरहेका कम्युनिष्टहरु अरुलाई सकेर आफू बन्ने रणनीति बुन्दै शक्ति संघर्षमा लागेका छन् ।

नेपालका कम्युनिष्टलाई फुटाउन र जुटाउन विदेशी शक्ति लागि पर्ने कम्युनिष्ट नेताहरुले नै विभिन्न कालखण्डमा बताउँने गरेका छन् । तर, सत्ता र शक्तिका लागि जुनसुकै मुद्धा र अवस्थामा पनि मिल्न र फुट्न सक्ने दुवै क्षमतामा निपूर्ण भएका कम्युनिष्टहरु आफू सच्चिदा भन्दा अर्कालाई सकाएरै स्थापित हुने होडबाजीमा छन् ।