Breaking

बालेन प्रकरणमा बोल्यो प्रशासन राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउनू


काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन र विभिन्न सामाजिक सञ्जालहरूमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सिंहदरबारमा आगो लगाइदिने जस्तो चेतावनीको स्टाटस लेखेपछि सोमबार जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो ।

शनिबार महानगरपालिकाका प्रमुख साहले आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्कीपूर्ण स्टाटस लेखेका थिए । उनले लेखेका थिए,‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार । मिडिया, प्रशासन र आमजनताबाट चौतर्फी दबाब आएपछि अन्तत मेयर साहले उक्त स्टाटस हटाएका छन् ।