राजनीति

बजेट अभावका कारण मन्त्रालयले तय गरेको योजना सम्पन्न गर्नसक्ने अवस्था छैन: मन्त्री आचार्य


काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिने मन्त्री आचार्यको स्पष्टिकरण थियो ।

आज महिला तथा सामाजिक मामिला समितिको बैठकमा उहाँले बाल विवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरु मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले चाहे अनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गर्नुभयो । बैठकमा बोल्दै समितिका सदस्यहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिकहरुको समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।