राजनीति

कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय


काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइएको छ । आज न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उक्त मुद्दालाई भोलिबाट नियमित रूपमा हेर्ने गरी पूर्ण इजलासमा पठाइएको जानकारी दिनुभयो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो ।