Breaking

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु


काठमाडौं– बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आइतबारदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस भएको हो । यसअघि पक्राउ परेका १८ जना प्रतिवादीको बयान पनि यही इजलासका अधिकृतहरूले गरेका थिए । ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ,कलाधर देउजा, बालकृष्ण श्रेष्ठ,घमनकुमार कार्की, गोपाल कार्की र बेदप्रकास पौडेल पक्राउ परेका थिए ।